३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार



अ+ अ-

काठमाडौँ। अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय युवा कमिटीले युवा महिलाको सशक्तीकरण र सहभागिता वृद्धि गर्ने उद्देश्यले बुधबार राष्ट्रिय युवा महिला भेलाको आयोजना गर्ने भएको छ ।

अनेमसङ्घ केन्द्रीय युवा कमिटीले आज यहाँ पत्रकार सम्मेलन गरी ‘समुद्ध नेपालः सुखी नेपाली’ को सङ्कल्प पूरा गर्दै समान सहभागिताका लागि सुदृढ सङ्गठन बनाउने सोचका साथ भेलाको आयोजना गर्न लागिएको जनाएको हो ।

युवा कमिटीका संयोजक विन्दु अधिकारीले युवा उमेर व्यक्तित्व निर्माणदेखि राष्ट्र निर्माणमा निकै महत्वपूर्ण भएकाले उत्पादन, उद्यमशीलता र रोजगारीमा लगाउनुपर्ने बताउनुभयो । “युवा उमेर व्यक्तित्व निर्माणदेखि राष्ट्र निर्माणमा निकै महत्वपूर्ण हुन्छ, युवा परिचालनबाट मात्र कुनै पनि देशले विकासको गति समात्न सक्छ”, उहाँले भन्नुभयो, “पछिल्लो राजनीतिक घटनाक्रमले युवामा राजनीतिप्रति अत्यधिक चासो छ भन्ने देखाउँछ, तिनको सही ढङ्गले परिचालन हुन नसक्दा पश्चगामी सोच राख्ने र गणतन्त्रविरोधी तत्वले उनीहरूलाई गलत बाटोमा लैजाने खतरा हुन्छ ।

भेलामा उत्पादन, उद्यमशीलता र रोजगारीमा युवा महिलाहरूको अवस्था र सम्भावना, युवा महिलाको नेतृत्व, सशक्तीकरणका अभ्यास र भावी रणनीति, प्रगतिशील संस्कृति, सामाजिक रूपान्तरण र युवा महिला, राजनीतिक दल तथा अन्य सङ्गठनमा युवा महिला नेतृत्व र लैङ्गिक समानताका सवालमा छलफल हुनेछ । साथै युवा महिला केन्द्रित राज्यका नीति, कार्यक्रम र प्रभावकारिता, जलवायु परिवर्तन, आप्रवासन र युवा महिलामा अर्थतन्त्रले पारेको प्रभाव, अनुकूलनको अभ्यास र प्रविधिको विकासले महिलामा पारेको प्रभाव, सम्भावना र चुनौतीको विषयमा विस्तृत रूपमा छलफल हुने जानकारी दिइयो ।

सम्मेलनमा सात प्रदेश र ७७ जिल्ला कमिटीबाट तीन÷तीन जना गरी ४० वर्षमुनिका करिब पाँच सय युवा महिलाको सहभागिता रहने सङ्घका अध्यक्ष टुकाभद्र हमालले जानकारी दिनुभयो । भेला युवा महिलाको आवश्यकताः आकाङ्क्षा र आवाजलाई राज्य र राजनीतिक दलका नीति, संरचना र कार्यक्रममा पुर्याउने अभियानको सुरुआत भएको उहाँले बताउनुभयो ।

अनेमसङ्घले सातौँ राष्ट्रिय सम्मेलनमार्फत नेतृत्वमा युवाको महभागिता बढाउने उद्देश्यले कमिटीमा युवा महिलाका लागि ३० प्रतिशत स्थान सुरक्षित गर्ने नीति पारित गरेको छ । सम्मेलनपश्चात् अनेमसङ्घ केन्द्रीय युवा कमिटी गठन गरी प्रदेश, जिल्ला तथा पालिका तहमा समेत युवा कमिटी निमाण गर्ने जनाइएको छ । यसअघि पहिलो राष्ट्रिय भेला २०८९ सालमा भएको थियो । रासस