६ भाद्र २०८३, शनिबार
,
Latest
सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा कावा सभापति अर्यालसँग अध्यक्ष डा. केसीसहितका पदाधिकारीहरूको भेट



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालसँग गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. बद्रि केसीसहितका पदाधिकारीहरूले आज (मंगलबार) संसदीय दलको कार्यालय सिंहदरबारमा भेटघाट तथा छलफल गरेका छन् ।

भेटघाटमा गैरआवासीय नेपाली नागरिकता, लगानीसम्बन्धी एनआरएन डेभलपमेन्ट फन्ड, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, पर्यटन प्रवद्र्धन, संघमा देखिएका समस्यालगायतका विषयमा छलफल भएको थियो ।

कार्यवाहक सभापति अर्यालले गैरआवासीय नेपालीहरुले सरकारबाट पाउनुपर्ने सेवासुविधामा आफू सकारात्मक रहेको र नेपालमा पुँजी मात्रै होइन, सीपहरू पनि भित्र्याएर नेपालको विकासमा लगाउनुपर्ने धारणा राख्नुभयो ।

साथै एनआरएनले जुन उद्देश्य प्राप्तिका लागि स्थापना भएको हो सो उद्देश्य प्राप्तिका लागि लाग्नुपर्ने भन्दै एनआरएनएमा देखिएको आपसी विवाद समाधानका लागि आफ्नो तर्फबाट सहयोग र पहल गर्न तयार रहेको बताउनुभयो ।