काठमाडौँ । नेपालमा लगातार बढिरहेको सुनले छिमेकी मुलुक भारतमा पनि इतिहासकै उच्चतम मूल्य बनाएको छ ।
इन्डिया बुलियन एण्ड ज्वेलर्स एसोसिएसनका अनुसार २४ क्यारेट सुनको १० ग्रामको मूल्य ३,३३० भारुले बढेर १ लाख रुपैयाँ पुगेको छ । पहिले १० ग्राम सुनको मूल्य ९६,६७० भारु थियो ।
यस्तै, एक किलो चाँदीको मूल्य ३४२ ले घटेर ९५,९०० प्रति किलो पुगेको छ । पहिले चाँदीको मूल्य प्रति किलोग्राम ९६,२४२ रुपैयाँ थियो । मार्च २८ मा, चाँदीले १,००,९३४ रुपैयाँको सर्वकालीन उच्चतम मूल्य बनाएको थियो ।










