१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय



अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने भएको छ ।

मंगलवार बसेको बोर्डको बैठकले यसअघि तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको हो । शिक्षकहरुको आन्दोलनका कारण शिक्षकहरुले कक्षा १२ को परीक्षामा सहभागी नहुने बताएसँगै परीक्षाबारे अन्योलता सिर्जना भएको थियो । तर बोर्डले भने तोकिएकै समय र मितिमा परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले बताउनु भयो ।

बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष शर्माले परीक्षा केन्द्र तोकि सकिएका विद्यालयलाई समयमै परीक्षा गर्न अनुराधे गर्ने निर्णय भएको बताउनु भयँै । साढे ५ लाख विद्यार्थीको परीक्षा रहेकाले सबै गम्भीर बन्न र समयमै परीक्षा गर्न अनुरोध गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘१२ को परीक्षालाई हामीले जहाँ जहाँ परीक्षा केन्द्र अलरेडी केन्द्र तेकिएको छ । त्यहाँनेर हरेक विद्यालय र विद्यार्थीको अनुरोध आएको छ की समयमै परीक्षा होस् । हामीले आज पनि हरेक जिल्लाहरुको परीक्षा समन्वय समितिलाई विद्यालयहरुमा जहाँ जहाँ केन्द्र तोकिएको छ, केन्द्र तोकिएको ठाउँमा सञ्चालन गर्ने सन्दर्भमा उहाँहरुलाई आवश्यक तयारी गर्न र परीक्षा सञ्चालन गर्न सबैसँग पुनः अनुरोध गर्ने र विद्यार्थीको परीक्षा गम्भीर विषय हो । त्यसैले परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ । यो परिस्थिति सबै हिसावबाट सबैलाई साढे ५ लाख विद्यार्थीको परीक्षा भएकाले यो परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने बोर्डबाट निर्णय भएको छ ।’

अध्यक्ष शर्माले हरेक जिल्लाहरुको परीक्षा समन्वय समितिलाई केन्द्र तोकिसकेका विद्यालयहरुमा आवश्यक तयारी गर्न आग्रह गरिएको बताउनु भयो । कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि हुँदैछ ।