१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन

सुडान मिसनबाट सशस्त्रले गुमायो ४२ करोड

सुडान मिसनबाट सशस्त्रले गुमायो ४२ करोड
अ अ+ अ-

काठमाडौँ । राष्ट्रसंघले तोकेको मापदण्डअनुसार बन्दोबस्तीका सामान खरिद तथा व्यवस्थापन समयमै गर्न नसकेपछि सशस्त्र प्रहरी बल (एपीएफ) ले दक्षिण सुडानस्थित दुइटा फर्म पुलिस युनिट (एफपीयू) मिसनबाट ४२ करोड रुपैयाँभन्दा बढी रकम गुमाएको छ । एफपीयूले प्रयोग गर्ने सामानको खरिद, व्यवस्थापन, मर्मतलगायत काम समयमै गर्न सकेको भए यो रकम गुम्ने थिएन ।

राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिसन) मातहत राजधानी जुवा र अर्को सहर बोरमा तैनाथ एपीएफका दुई एफपीयूले ६ वर्षमा ३५ लाख ३५ हजार ९ सय ८५ अमेरिकी डलर नोक्सानी बेहोरेको हो । यी दुई मिसनमा ३ सय २० जना सशस्त्र प्रहरी एफपीयूका रूपमा तैनाथ छन् ।

तर सशस्त्र प्रहरी बलले सामान सम्बन्धित ठाउँमा पुर्‍याउन राष्ट्रसंघले समयमै समन्वय नगरेको, मिसन बस्ने देशले सेक्युरिटी क्ल्यिरेन्स नदिएको र लाइबेरियामा ६ वर्षअघि फैलिएको इबोला महामारीपछिको अवस्था पनि रकम गुम्नुको थप कारण रहेको तर्क गरेको छ । यो अवधिमा सशस्त्र प्रहरीले मिसनबाट प्राप्त गर्ने कुल शोधभर्नाको ३५ प्रतिशत नोक्सानी हो । शोधभर्नाबापत पाउने रकममा ६० प्रतिशत नोक्सानी भयो भने मिसन नै फिर्ता हुन सक्छ । ३५ प्रतिशत नोक्सानीलाई कार्यसम्पादनमा कमजोर मानिन्छ ।

राष्ट्रसंघले दुवै एफपीयूलाई आर्म्ड पर्सनल क्यारियर (एपीसी), अन्य सवारीसाधन र जेनेरेटर, टियरग्यास, सेल्फ सस्टेन (अन्य बन्दोबस्ती) अन्तर्गतका सामान सञ्चालन गरेबापत शोधभर्ना दिन्छ । यस्ता सामान सञ्चालनमा कमजोरी भएपछि भुक्तानी कटौती हुन्छ । त्यही कमजोरीका कारण ६ वर्षमा करिब ४० करोड रुपैयाँ गुमेको हो । जुबामा रहेको एफपीयूलाई प्राप्त हुने सन् २०१४ देखि २०१९ सम्मको १५ लाख ४३ हजार २ सय ४१ अमेरिकी डलर नोक्सानी भएको हो । यस्तै बोरस्थित एफपीयूले १९ लाख ९७ हजार ७ सय ४४ डलर पाउन सकेन । पछि मिसनबाट भुक्तानी पाउने गरी सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रको कोषबाट सामान खरिद गरिएको थियो ।

मिसनमा तैनाथ एफपीयू र अन्य सुरक्षा युनिटका बन्दोबस्ती व्यवस्थापन र जिम्मेवारी निर्वाहबारे राष्ट्रसंघले हरेक ३र३ महिनामा निरीक्षण गर्छ । त्यसै आधारमा ३र३ महिनामै शोधभर्ना दिन्छ ।

सन् २०१५ देखि २०१८ जनवरीसम्म सशस्त्र प्रहरीमा कोषराज वन्त, दुर्जकुमार राई र सिंहबहादुर श्रेष्ठ महानिरीक्षक थिए । उनीहरूको पालामा तुलनात्मक रूपमा बढी नोक्सानी सहनुपरेको छ । पछिल्लो पटक महानिरीक्षकमा शैलेन्द्र खनाल आएपछिको दुई वर्षमा पनि केही रकम रोकिएको छ । वन्तका पालामा ११ लाख ४ हजार अमेरिकी डलर र उनीपछिका राईका पालामा सबैभन्दा बढी १५ लाख ८ हजार गुमेको छ । यस्तै श्रेष्ठ महानिरीक्षक हुँदा ९ लाख अमेरिकी डलर शोधभर्ना हुन सकेन । खनाल आईजीपी बनेपछिको २ वर्षमा दुवै एफपीयूले २३ हजार ९ सय ८५ डलर शोधभर्ना कम पाएको छ । वन्त २०६८ चैत २९ देखि २०७२ पुस ३ सम्म सशस्त्र प्रहरी महानिरीक्षक थिए । अख्तियारले भ्रष्टाचार अभियोगमा करिब साढे ३ महिना कार्यकाल छँदै वन्तलाई नियन्त्रणमा लिएपछि वरिष्ठ एआईजी राई २०७२ पुस ३ गतेदेखि २०७३ वैशाख १३ सम्म कामु र १४ गतेदेखि फागुन १ सम्म महानिरीक्षक बने । राईपछि श्रेष्ठ २०७३ फागुन २ देखि २०७४ चैत २७ सम्म सशस्त्रको नेतृत्वमा रहे । श्रेष्ठपछि खनाल २०७४ चैत २८ गतेबाट ४ वर्षका लागि आईजीपीमा छन् ।

मिसनबाट शोधभर्ना शतप्रतिशत आउने नआउने भन्नेमा आईजीपी र संगठनबाट मिसनमा खटिएका कमान्डरको भूमिका तथा खरिदका झन्झटिला प्रक्रिया मुख्य कारण हुन् । त्यति मात्र होइन, एपीसीलगायतका सामान खरिदमै अपारदर्शी र बिचौलिया हाबी हुँदा त्यसको असर मिसनमा पर्न जान्छ । आईजीपीले सक्षम र काम गर्न सक्ने कमान्डरलाई मिसनमा पठाउने हो भने फिल्डमा रहँदा बन्दोबस्तीका सामान चालु अवस्था भएरनभएको र समयमै मर्मतसम्भारमा ध्यान जान सक्छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले विगतका वर्षमा विभिन्न पक्षबाट भएका कमीकमजोरी र लाइबेरियामा देखिएको इबोला महामारीपछिको अवस्थाले समयमै बन्दोबस्तीका सामान पुर्‍याउन नसक्दा शोधभर्नामा नोक्सानी बेहोर्नुपरेको स्विकारे ।

‘एपीसी, अन्य सवारीसाधन, जेनेरेटरलगायत मिसनका लागि चाहिने बन्दोबस्तीका सामानको शोधभर्ना प्राप्तिमा कमी आयो, यसमा हाम्रा पनि कमीकमजोरी भए होलान् तर राष्ट्रसंघले सामान पुर्‍याउन समयमै डिसिजन नगरिदिने र मिसन बस्ने मुलुकले क्लियरेन्स दिन ढिलाइ हुँदा पनि त्यसको असर शोधभर्नामा पर्न गयो,’ उनले भने, ‘पछिल्लो २ वर्षको शोधभर्नाको अवस्था हेर्ने हो भने पनि सुधारकै नतिजा स्वरूप राष्ट्रसंघबाट प्राप्त हुने रकम ९८ प्रतिशत सम्म पुगेको छ ।’

तोकिएको मापदण्डअनुसार काम हुँदा पनि शोधभर्नाबापत पाउने रकममा कटौती गरेको भन्दै सन् २०१७ मा सशस्त्र प्रहरी मुख्यालयले राष्ट्रसंघसँग असन्तुष्टि जनाएको थियो । सशस्त्रले राष्ट्रसंघका अधिकारी नेपाल भ्रमणमा आउँदा पनि यसबारे ध्यानाकर्षण गराएको एक अधिकारीले बताए । त्यसबेला आईजीपीमा सिंहबहादुर श्रेष्ठ थिए । श्रेष्ठसँग यसबारे जिज्ञासा राख्दा उनी खुल्न चाहेनन् । ‘उतिबेला यससम्बन्धी छलफलरनिर्णय भए होलान्, अहिले म अवकास जीवनमा छु,’ उनले भने, ‘संगठनसँगै सबै कुरा बुझ्नुहोला ।’

कान्तिपुरलाई प्राप्त विवरणअनुसार सन् २०१४ मा जुबास्थित एफपीयूले ३ लाख ७२ हजार डलर भुक्तानी नै पाएन । सन् २०१५ मा १ लाख ८२ हजार, २०१६ मा २ लाख ७० हजार, २०१७ मा १ लाख ६५ हजार, २०१८ मा ५ लाख ५० हजार र २०१९ मा ४ हजार २ सय ४१ डलर गुमाएको हो । २०२० का लागि भने सशस्त्रले जुवा मिसनबाट शतप्रतिशत भुक्तानी पाएको छ । सुडानमा एफपीयू तैनाथ भएपछि सन् २०१९ सम्म २ करोड ५२ लाख ९६ हजार शोधभर्ना आउनुपर्नेमा ५ प्रतिशत कटाएर दिइयो ।

यसैगरी, बोरमा रहेको सशस्त्रको एफपीयूले सन् २०१५ मा ५ लाख ५५ हजार, २०१६ मा ५ लाख ४८ हजार, २०१७ मा ५ लाख २५ हजार, २०१८ मा ३ लाख ५० हजार र सन् २०१९ र ०२० मा समान ९ हजार ८ सय ७२ अमेरिकी डलर गुमाएको हो ।

सन् २०१४ सम्म राष्ट्रसंघले हरेक एउटा एफपीयूमा ३ वटा एपीसी भए पुग्ने मापदण्ड लागू गरेको थियो । तर दक्षिण सुडानमा तैनाथ सबै राष्ट्रका फौजलाई एउटा एफपीयूमा ६ जना हुनुपर्ने मापदण्ड ल्यायो । जसका कारण नेपालमा सामान पुर्‍याउन समय लाग्यो । त्यसको असर पनि शोधभर्नामा पर्न गएको थियो ।

पछिल्लो २ वर्षमा भने सशस्त्रले ९८ प्रतिशतभन्दा बढी भुक्तानी पाएको छ । अनुगमनमा ८० प्रतिशतभन्दा माथि राम्रो देखिए उत्कृष्ट मानिन्छ । राष्ट्रसंघले एउटा एफपीयूका लागि कम्तीमा ६ वटा एपीसी, ४६ वटा अन्य सवारीसाधन र १५ वटा जेनेरेटर अनिवार्य हुनुपर्ने मापदण्ड छ । दक्षिण सुडानका लागि एउटै एपीसी २ लाख ३४ हजार डलरमा किनिएको थियो । नेपाली सेनासँग सशस्त्र प्रहरीले सुडान मिसनका लागि सातवटा एपीसी किनेर पठाएको थियो ।

महालेखा परीक्षकको कार्यालयले पनि सर्त र मापदण्डअनुसार काम नभएपछि शोधभर्ना घटेकोमा चिन्ता व्यक्त गरेको छ । ‘खासगरी एपीसी, अन्य सवारीसाधन र जेनेरेटर कस्तो क्षमतामा सञ्चालनमा छ भन्नेबारे निरीक्षण हुन्छ, यसैका आधारमा भुक्तानी शतप्रतिशत वा कटौती गर्ने भन्ने निर्क्योल हुन्छ,’ स्रोतले भन्यो ।

महालेखाको ५७ औं प्रतिवेदनमा पनि राष्ट्रसंघसँग भएको सहमति र सम्झौताअनुसार सामान आपूर्ति, मर्मत र आपूर्ति समयको पालना नहुँदा शोधभर्ना कटौती भएको भन्दै यसमा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रसंघले सन् २०१४ र ०१५ मा सशस्त्रका लाइबेरियास्थित तीनवटा एफपीयूलाई सुडानमा स्थानान्तरण गरेको थियो । २०१४ मा लाइबेरियामा फैलिएको इबोला महामारीपछि बुकाननस्थित एफपीयूअन्तर्गतका फौज र हतियार मात्र जुवा ल्याउन दक्षिण सुडान सरकारले अनुमति दिएको थियो ।

एपीसी, सवारी र जेनेरेटर लैजान अनुमति नदिएपछि त्यहीँबाट नेपाल ल्याइयो । त्यो एपीसी मिसनका लागि समयमै पुर्‍याउन नसकेपछि झुत्तानी कटौती हुन पुग्यो । त्यसको १ वर्षपछि मात्र लाइबेरियाको मनोरोबिया र तुमवानबर्गको एफपीयू फिर्ता भएपछि त्यसको सट्टा बोरमा खटाइएको थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।