२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र



अ+ अ-

जुम्ला। जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलिगाड खानेपानी आयोजनाको काम तीव्र रूपमा अगाडि बढाइएको छ ।

सङ्घीय सरकारको रु एक अर्ब २६ करोडको लागतमा निर्माण प्रक्रिया सुरु भएको उक्त खानेपानी आयोजनामा हाल रु ९१ करोडमा ठेक्का सदर भइ काम भइरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । अबको एक वर्षमै निर्माण सम्पन्न गर्ने गरी काम तीव्र रूपमा अगाडि बढाइएको उहाँले बताउनुभयो ।

तातोपानी, गोठीचौर र चन्दननाथ गरी तीनवटा स्थानीय तहका नागरिकलाई सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले बृहत् खानेपानी आयोजना निर्माण भइरहेको र यसबाट यहाँका आठ हजार ९०० भन्दा बढी घरधुरी तथा ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका प्रमुख इञ्जिनियर जोतिस मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आयोजनाको काम तीब्र रूपमा भइरहेको छ । हालसम्म ७३ प्रतिशत भौतिक र ६२ प्रतिशत वित्तीय प्रगति भएको छ । एक वर्षपछि यहाँका नागरिकको खानेपानी समस्या समाप्त हुनेछ ।”

खानेपानीमन्त्री प्रदीप यादवले उक्त आयोजनाको निरीक्षण एवं अवलोकन गर्नु भई मन्त्रालयले परियोजनाका लागि पर्याप्त बजेट विनियोजन गरेकाले तोकिएको समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । “जग्गाको समस्याले परियोजना निर्माणमा केही ढिलाइ भएको हो । अब समस्या समाधान भएर काम अगािड बढेको छ, परियोजनामा बजेटको कमी हुने छैन । त्यसैले एक वर्षभित्र काम सम्पन्न हुनेछ”, उहाँले भन्नुभयो । रासस