३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले विभिन्न व्यक्तिलाई फरक–फरक परिचय दिइ ठगी गर्ने ४० वर्षीया जानकी न्यौपानेलाई पक्राउ गरेको छ ।

न्यौपानेले विमानस्थलका विभिन्न शीर्षकको ठेक्का मिलाइदिने भन्दै दुई जना पीडितबाट राजस्व र धरौटी रकमको नाममा रु. ७ लाख ६० हजार ८ सय ठगी गरेकी थिइन्। थप रकम माग गरिरहेको अवस्थामा उनलाई काठमाडौँ महानगरपालिका–११, त्रिपुरेश्वरबाट पक्राउ गरिएको हो।

स्थायी घर दैलेखको दुनेचौर गाउँपालिका वडा नं. ५ का न्यौपाने हाल ललितपुर महानगरपालिका वडा नं. २५ मा बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।

निजले राजस्व र धरौटी रकम स्वरूप उक्त रकम लिइसकेको र बाँकी रकम माग्दै गरेको अवस्थामा काठमाडौँ महानगरपालिका वडा नं. ११ त्रिपुरेश्वरबाट पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।