२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मङ्गलबार नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार दिउँसो पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको एमाले केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिनुभयो ।

त्यस अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने पनि निर्णय भएको उहाँले बताउनुभयो ।
सम्मान हुनेमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) हुनुहुन्छ ।

कार्यक्रममा तत्कालीन नेकपा (माले) र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक गर्ने भएको छ । रासस