४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बामदेब गौतमकाे प्रस्तावः एकता महाधिवेशनसम्म ओली अध्यक्ष र प्रधानमन्त्री, प्रचण्ड पार्टीकाे कार्यकारी अध्यक्ष



अ+ अ-

काठमाडाैंः सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्रको विवाद समाधानका लागि ६ बुँदे प्रस्ताव पेश गर्नुभएको छ । दुबै अध्यक्षका लागि भन्दै तयार गरिएको प्रस्तावलाई उपाध्यक्ष गौतमले पार्टीका दुवै अध्यक्षलाई बुझाउनु भएको छ । प्रस्ताव बुझाएका कारण गौतम आजको दुबै पक्षको छलफलमा सहभागी हुनु भएको छैन ।

गौतमले गरेको प्रस्तावमा पार्टीको एकता महाधिवेशसम्म केपी शर्मा ओली पार्टी अध्यक्ष र आगामी निर्वाचनसम्म प्रधानमन्त्री दुवै पदमा कायम रहने तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अध्यक्षसहित अध्यक्षको जिम्मेवारीमा रहने उल्लेख गरिएको छ। 

यसैगरी, पार्टीको महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका दैनिक कामहरूमा पार्टीले हस्तक्षेप नगर्ने, तर सरकारले राष्ट्रिय अन्तराष्ट्रिय महत्त्वका विषयहरूमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने प्रस्तावमा उल्लेख छ।

साथै, अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने पनि उहाँले प्रस्ताव गर्नुभएको छ । यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाललाई साथ दिंदै आउनुभएका गौतमले आफ्नो नयाँ अवधारणा सार्वजनिक गरेपछि ओली पक्ष केही उत्साहित भएको छ भने दाहाल पक्ष केही हच्किएको जनाइएको छ ।