२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोक्चेगौडा सडक चार दिनमा खुला गरिने



अ+ अ-

हुम्ला। कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डमा पर्ने खार्पुनाथ गाउँपालिका–१ को बोक्चेगौडा सडक चार दिनसम्म खुला गरिने भएको छ ।

गत चैत २५ गतेदेखि नेपाली सेनाले निर्माण गरिरहेको सडकखण्ड यही वैशाख १० देखि १३ गतेसम्म खुला गरिने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्यदलले चार दिनका लागि काम रोकेर सवारीसाधन आवतजावत गरिने उहाँले बताउनुभयो ।

सेनाले निर्माण गरिरहेको बोक्चेगौडा, भिइगौडा र याङ्गचुभीर खण्डमा निर्माण कार्य स्थगित गरेर सवारीसाधनलगायत यात्रुलाई आवतजावत गर्न दिइने छ । विकास निर्माणका काममा सहजताका लागि सडक निर्माणको काम रोखेर सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चैत २५ गतेदेखि सडक स्तरोन्नति सुरु भएसँगै यातायात सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ । यहाँ आगामी असार मसान्तसम्म आठ सय मिटर सडक स्तरोन्नति गर्नेगरी सेनालाई जिम्मेवारी दिइएको छ । रासस