२२ मंसिर २०८२, सोमबार
,
Latest
सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी एमाले महाधिवेशनको तयारी तीव्र ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मीको वृत्ति विकासका लागि ऐन संशोधन थालियो



अ+ अ-

जनकपरधाम। लामो समयदेखि स्तरवृद्धिको माग गर्दै आन्दोलनमा रहेका मधेस प्रदेशअन्र्तगत स्वास्थ्यकर्मी कर्मचारीको समस्या समाधानका लागि स्थानीय (सेवा गठन तथा सञ्चालन ) ऐन २०८१ माथिको संशोधन प्रक्रिया सुरु भएको छ ।

मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो प्रदेश अन्र्तगतका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको सरुवा, बढुवा लगायतका स्तरवृद्धि सम्वन्धी समस्या समाधानका लागि मधेश प्रदेश सरकारको स्थानीय सेवा गठन तथा संचालन ऐन–२०८१ को संशोधन प्रक्रिया औपचारिकरुपमा सुरुगरेको जनाएको छ ।

मधेश प्रदेशको मन्त्रिपरिषद्कोे कार्यालयवाट जारी सूचनामा उक्त स्थानीय ऐन २०८१ संशोधनका लागि पाँच सदस्यीय समिति गठन भएको जनाएको छ । संशोधन समिति प्रदेशका कानुन सचिवको संयोजकत्वमा गठन भएको हो । समितिले आन्दोलनरत सरोकारवालासँग प्रत्यक्ष छलफल गरेर सो ऐन संशोधन प्रक्रिया सुरु गर्ने जारी सूचनामा उल्लेख छ ।

सो संशोधनको कार्यबाट आन्दोलनमा रहेका मधेस प्रदेशअन्र्तगत चौथो तथा पाँचौँ तहका करिब एक हजार आठ सय स्वास्थ्यकर्मी कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्ने छ । आन्दोलनरत स्वास्थ्यकर्मी कर्मचारीले पटकपटक आफ्नो सरुवा, बढुवा तथा स्तरवृद्धिलगायत वृत्ति विकासका लागि माग गरेपछि मधेस प्रदेश सरकारको ध्यानाकर्षण भएको कार्यालयका उपसचिव वासुदेव मल्लले बताउनुभयो ।

मधेस प्रदेशका सिनियर अहेव तथा सिनियर अनमीहरुले आफ्नो वृत्ति विकासको माग गर्दै आएका आन्दोलनरत् स्वास्थ्यकर्मी सङ्र्घष समितिका कोषाध्यक्ष रुपेश साहले बताउनुभयो । रासस