३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्लास्टिकजन्य फोहरको दिगो व्यवस्थापन अहिलेको प्रमुख चुनौती’



अ+ अ-

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले प्लास्टिकजन्य फोहरले हिमाल, नदी, पहाड, समुद्र हुँदै मानव स्वास्थ्य तथा सम्पूर्ण वातावरणमा गम्भीर असर पारिरहेको बताउनुभएको छ ।

यस्तो फोहरलाई वैज्ञानिक र दिगो रूपमा व्यवस्थापन गर्नु अहिलेको प्रमुख चुनौती भएको उहाँको भनाइ थियो ।  आज यहाँ आयोजित प्लास्टिक फोहर व्यवस्थापन सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री शाहीले प्लास्टिक प्रदूषणका प्रभाव र यसले ल्याउने समस्याको समाधान गर्न सरकार एक्लैको प्रयास पर्याप्त नहुने जिकिर गर्नुभयो ।

यसका लागि शिक्षण संस्था, अनुसन्धान केन्द्र, उद्योग व्यवसायी, स्थानीय सरकार, अन्तरराष्ट्रिय साझेदार र आमनागरिकबीच समन्वय र सहकार्य आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

मन्त्री शाहीले सम्मेलनमा हुने प्रस्तुति र बौद्धिक मन्थनबाट प्राप्त सल्लाह, सुझावहरूले नीति निर्माण प्रक्रियामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “यस सम्मेलनहरूबाट आएका सुझाव र सिफारिसहरूलाई वातावरणमैत्री नीति निर्माण गर्न र सरकारद्वारा सञ्चालन गर्ने कार्यक्रमहरूमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

प्लास्टिकको विकल्प खोज्ने, पुनः प्रयोग प्रविधिलाई प्रोत्साहन दिने र वातावरण संरक्षण कार्यमा थप लगानी गर्ने प्रतिबद्धता यथावत् रहेको मन्त्री शाहीले बताउनुभयो ।

उहाँले सम्मेलनमा प्रस्तुत गरिएका विचार, समाधान र प्रविधिहरूले नेपाल र सम्पूर्ण दक्षिण एसियाको प्लास्टिक समस्या समाधानमा ठोस योगदान पु¥याओस् भनी कामना गर्नुभयो । रासस