११ आश्विन २०८१, शुक्रबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाका पूर्व जर्नेल कुलबहादर खड्काको निधन



अ+ अ-

काठमाडौँ । नेपाली सेनाका पूर्व जर्नेल कुलबहादुर खड्काको निधन भएको खबर छ । उनको मंगलबार काठमाडौँमा निधन भएको हाे । 

उनी क्यान्सरका विरामी थिए । उनलाई शरीरकाे पाचनप्रणालीमा क्यान्सर भएको करिब डेढ महिना अघि मात्र पत्ता लागेको थियो ।  उनी नेपाली सेनाको प्रधान सेनापति नियुक्ति भएर पनि फुली लगाउन पाएका थिएनन् ।

पहिलो संविधान सभाको निर्वाचनपछि बनेको तत्कालीन माओवादीको प्रचण्ड सरकारले त्यस समयका प्रधान सेनापति रुकमांगत कटवाललाई बर्खास्त गरेर उनलाई प्रधान सेनापति नियुक्त गरेको थियो । तर तत्कालीन राष्ट्रपति डा.रामवरण यादवको आपत्तिपछि सो निर्णय कार्यान्वयन हुन नसकेपछि उनले प्रधान सेनापतिको रुपमा पदबहाली गर्न पाएका थिएनन् ।