४ असार २०८३, बिहीबार
,
Latest
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाका पूर्व जर्नेल कुलबहादर खड्काको निधन



अ+ अ-

काठमाडौँ । नेपाली सेनाका पूर्व जर्नेल कुलबहादुर खड्काको निधन भएको खबर छ । उनको मंगलबार काठमाडौँमा निधन भएको हाे । 

उनी क्यान्सरका विरामी थिए । उनलाई शरीरकाे पाचनप्रणालीमा क्यान्सर भएको करिब डेढ महिना अघि मात्र पत्ता लागेको थियो ।  उनी नेपाली सेनाको प्रधान सेनापति नियुक्ति भएर पनि फुली लगाउन पाएका थिएनन् ।

पहिलो संविधान सभाको निर्वाचनपछि बनेको तत्कालीन माओवादीको प्रचण्ड सरकारले त्यस समयका प्रधान सेनापति रुकमांगत कटवाललाई बर्खास्त गरेर उनलाई प्रधान सेनापति नियुक्त गरेको थियो । तर तत्कालीन राष्ट्रपति डा.रामवरण यादवको आपत्तिपछि सो निर्णय कार्यान्वयन हुन नसकेपछि उनले प्रधान सेनापतिको रुपमा पदबहाली गर्न पाएका थिएनन् ।