२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु
तपाईं के खोज्दै हुनुहुन्छ ?

केमन आइल्याण्डमा नेपाली दूतावासको घुम्ती शिविर



अ+ अ-

लन्डन। बेलायतस्थित नेपाली दूतावासले त्यहाँको केमन आइल्याण्डमा पहिलोपटक मोबाइल कन्सुलर सेवा (घुम्ती शिविर) आयोजना गरेको छ ।

दूतावासको एक टोलीले हालै त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरी कन्सुलर सेवा प्रदान गर्न शिविर आयोजना गरेको हो । सिभिक सेन्टरस्थित जर्ज टाउन हलमा आयोजना गरिएको शिविरमा एक सयभन्दा बढी नेपालीले राहदानी नवीकरण, कागजात प्रमाणीकरण, प्रवेशाज्ञा तथा अन्य कन्सुलर सेवा प्राप्त गरेको दूतावासले जनाएको छ ।

दूतावासले ३० अप्रिल २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुनेहरूलाई नवीकरणका लागि आव्हान गरेको थियो । केमन आइल्याण्डमा करिब तीन हजारभन्दा बढी नेपाली बसोबास गर्दै आएका दूतावासको अनुमान छ । जसमध्ये धेरैजसो सेक्युरिटी तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत छन् ।

यसैगरी, यही अप्रिल ३० तारिखमा पनि आयरल्याण्डमा गैरआवासीय नेपाली सङ्घ आयरल्याण्डको सहकार्यमा शिविर आयोजना गर्न लागिएको जनाएको छ । रासस