२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केमन आइल्याण्डमा नेपाली दूतावासको घुम्ती शिविर



अ+ अ-

लन्डन। बेलायतस्थित नेपाली दूतावासले त्यहाँको केमन आइल्याण्डमा पहिलोपटक मोबाइल कन्सुलर सेवा (घुम्ती शिविर) आयोजना गरेको छ ।

दूतावासको एक टोलीले हालै त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरी कन्सुलर सेवा प्रदान गर्न शिविर आयोजना गरेको हो । सिभिक सेन्टरस्थित जर्ज टाउन हलमा आयोजना गरिएको शिविरमा एक सयभन्दा बढी नेपालीले राहदानी नवीकरण, कागजात प्रमाणीकरण, प्रवेशाज्ञा तथा अन्य कन्सुलर सेवा प्राप्त गरेको दूतावासले जनाएको छ ।

दूतावासले ३० अप्रिल २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुनेहरूलाई नवीकरणका लागि आव्हान गरेको थियो । केमन आइल्याण्डमा करिब तीन हजारभन्दा बढी नेपाली बसोबास गर्दै आएका दूतावासको अनुमान छ । जसमध्ये धेरैजसो सेक्युरिटी तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत छन् ।

यसैगरी, यही अप्रिल ३० तारिखमा पनि आयरल्याण्डमा गैरआवासीय नेपाली सङ्घ आयरल्याण्डको सहकार्यमा शिविर आयोजना गर्न लागिएको जनाएको छ । रासस