६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई झड्काः थापा रायमाझी र भट्टले छोडे साथ



अ+ अ-

काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व माओवादी समुहका नेताहरुले नै साथ छोडेका छन् । मंगलबार ओलीइतरका नेताहरुको सहभागीतामा बसेको नेकपाको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य राम बहादुर थापा, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र लेखरा भट्ट सहभागी भएनन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा २ जना आमन्त्रितसहित ३१ जना स्थायी कमिटी सदस्य सहभागी थिए ।

नेकपा स्थायी कमिटीमा अहिले ४४ जना सदस्य छन् । तर बैठकमा प्रचण्ड निकट मानिने केहि नेताहरु भने सहभागी भएनन् । बैठकमा रामबहादुर थापा, टोप बहादुर रायमाझी , लेखराज भट्ट र मणी थापा सहभागी भएनन् । अध्यक्ष ओली पक्ष नेताहरुले उक्त बैठकलाई प्रचण्ड, मााधव नेपाल र झलनाथ खनाल गुटको भेला भनेपनि प्रवक्ता श्रेष्ठले भने यसअघि तोकिएको बैठककै निरन्तरता भएको बताएका छन् ।

बैठकको पहिलो लहरमा प्रचण्ड, खनाल, नेपाल र वामदेव गौतम बसेका थिए । प्रचण्ड र खनालको कुर्सीकोबीचमा रहेको ओलीको कुर्सी भने खाली थियो ।, समचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।