२८ भाद्र २०८३, आईतवार
,
Latest
जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीतापाइलाबाट बद्रीनारायणधामसम्म पदयात्रा



अ+ अ-

काठमाडौँ। काठमाडौँको सीतापाइलाबाट बद्रीनारायणधामसम्म पदयात्रा गरिएको छ । नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण भएको बद्रीनारायणधामलाई स्वदेश तथा विदेशमा चिनाउने तथा यही वैशाख १९ देखि २७ गतेसम्म हुन लागेको प्राण प्रतिष्ठाको पूर्व तयारीका लागि आज पदयात्रा गरिएको हो ।

नारायण पोखरेल प्रतिष्ठान र अल नेपाल स्पोर्टस फाउण्डेसनद्वारा संयुक्त रूपमा आयोजित पदयात्रामा एक हजारभन्दा बढीको सहभागिता थियो । नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको उक्त धाममा आगामी वैशाख १९ देखि २७ गतेसम्म प्राण प्रतिष्ठा हुन लागेको जनाइएको छ ।

प्राण प्रतिष्ठाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि रु ४० करोड लगानीमा ‘बद्रीनारायणधाम’ निर्माण गरेको हो ।

रामकोटमा २२ रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त धाममा रु सात करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण सम्पन्न भइसकेको छभने आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई बासस्थानको व्यवस्थालगायत संरचना निर्माण भइरहेका छन् ।

चार धाममध्ये विशेष एक धाम रामकोटमा छ भन्ने सन्देश दिनका लागि बद्रीनारायणधाम निर्माण गरिएको प्रतिष्ठानका प्रमुख संरक्षक दिनबन्धु पोखरेलले राससलाई जानकारी दिनुभयो । स्व नारायण पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय रहनुभएको थियो ।

स्वर्गीय पोखरेलले भौतिक विकास नभएसम्म समुन्नतमूलुक निर्माण हुनसक्दैन भन्ने मान्यता राख्दै आउनुभएको थियो । विसं २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मनुभएका पोखरेलको विसं २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उहाँ नेपालको पहिलो धार्मिक सहिदसमेत हुनुहुन्छ ।

स्व पोखरेललाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो । स्व पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन  गर्नुभएको थियो । पोखरेलको निधन भएसँगै विसं २०६४ असोज २३ मा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले उहाँको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्ने काम गर्दै आएको छ ।

प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष दिनबन्धु पोखरेलले स्व नारायण पोखरेललाई जीवन्त राख्नका लागि बृहत् बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको बताउनुभयो । “नेपालमा ठूलो आध्यात्मिक थलो निर्माण गर्ने प्रतिष्ठानको मुख्य उद्देश्य हो, उक्त उद्देश्य पूरा हुँदै छ”, उहाँले भन्नुभयो ।

धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण हुनेछ । रासस