२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिरबाट लडेर छुट्टाछुट्ट ठाउँमा दुईको मृत्यु



अ+ अ-

हुम्ला। हुम्ला र पाल्पामा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–७ गोक्पा गाउँ नजिकैको वनमा बाख्रा चराउन गएकी अन्दाजी ४८ वर्षीया एक महिलाको लडेर मृत्यु भएको हो । आज दिउँसो गाउँ नजिकैको वनमा बाख्रा चराउन गएका बेला लडेर स्थानीय नानी ऐडीको लडेर मृत्यु भएको उहाँका आफन्त पूर्ण बुढाले जानकारी दिनुभयो ।

यस्तै, भिरबाट लडेर पाल्पामा एक पुुरुषको मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–१ पिपरतुङका ६५ वर्षीय कृष्णबहादुर चिदीको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो । सोही ठाउँको बेलटारीस्थित पूजामा जान भनेर हिँडेका उहाँ अबेरसम्म नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

खोजी गर्ने क्रममा घरदेखि ३०० मिटर पश्चिमतर्फ रहेको भिरबाट २०० मिटर तल फोक्सिहर खोलामा खसेको अवस्थामा आज दिउँसो उहाँलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । रासस