२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपालाई गृह मन्त्रालयको चेतावनी- निषेधित क्षेत्र तोडे कारबाही हुन्छ



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्ने गतिबिधि नगर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सचेत गराएको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ति निकाल्दै निषेधित क्षेत्र तोड्ने कार्यगरे गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

मन्त्रालयले राप्रपाको त्यस्तो घोषणाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत सचेत गराएको छ।

गृहको बिज्ञप्तिमा भनिएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरुप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ। साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ।

राप्रपाले आईतबार बबरमहल क्षेत्रमा प्रर्दशन गर्देछ ।