३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका छ पालिकाद्वारा नमूना अभ्यास



अ+ अ-

कैलाली। जिल्लाको कैलारी गाउँपालिकामा सुदूरपश्चिम प्रदेशका छ वटा स्थानीय तहको सहभागितामा नमूना गाउँसभा/नगरसभा अभ्यास गरिएको छ ।

गाउँपालिकाको सभाहलमा सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुना डोटीको आयोजनामा धनगढीमा नगरसभा÷गाउँसभाको नमूना अभ्यास गरिएको हो ।

नेपालको संविधानको धारा २२७ बमोजिम गाउँसभा तथा नगरसभाको कार्य सञ्चालन प्रदेश कानुन बमोजिम हुने प्रावधान रहेकाले सोका लागि प्रदेशले स्थानीय तहको सभा सञ्चालनसम्बन्धी ऐन, २०७५ जारी गरेको छ । सोही ऐन बमोजिम सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा छ पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, समितिका सभापतिको सहभागितामा नमूना अभ्यास गरिएको प्रतिष्ठानले जनाएको छ ।

नमूना गाउँसभा अभ्यास कार्यक्रममा गाउँपालिकाकोले वर्षे अधिवेशन र हिउँदे अधिवेशनमा गर्दै आइरहेको सम्पूर्ण प्रक्रियाका बारेमा अभ्यास गरेको छ । कार्यक्रमको सहजीकरण अधिवक्ता झङ्कर कुँवर, तेजराज उपाध्यक्ष र राजेन्द्रविक्रम शाहीले गर्नुभएको थियो ।

नगरसभा/गाउँसभा डेमो (नमूना अभ्यास) कार्यक्रममा डडेल्धुराको नवदुर्गा, अजयमेरु गाउँपालिका, अमरगढी नगरपालिका र बैतडीको पञ्चेश्वर, सिगास, डिलासैनी गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, समितिका सभापतिको सहभागिता थियो ।

गाउँपालिकामा आउनुभएका सबैलाई गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, सामाजिक विकास समितिका सभापति सन्तराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, सामाजिक विकास शाखा प्रमुख यगम कलेल, योजना शाखाका प्रमुख सन्तोषकुमार चौधरी, प्रशासन शाखा प्रमुख सोमप्रसाद चौधरीलगायतले स्वागत गर्नुभएको थियो ।