३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरद्वारा डुबान रोक्न नाला सफाइ



अ+ अ-

पर्सा। वीरगञ्ज महानगरपालिकाले बर्सातको समयमा यहाँको बजार क्षेत्रमा हुनसक्ने सम्भावित डुबानलाई लक्षित गरेर नाला सरसफाइको काम अगाडि बढाएको छ ।

महानगरले घण्टाघर नजिकै रहेको जिल्ला हुलाक कार्यालयदेखि भन्सार कार्यालय क्षेत्रसम्मको मुख्य नाला सरसफाइको कामलाई तीव्रता दिएको जनाएको छ ।

महानगर प्रमुख राजेशमान सिंहले बर्सातको समयमा डुबानको समस्या हुन नदिन नाला सफाइको कामलाई अघि बढाइएको जानकारी दिनुभयो । “मुख्य सडकको नालादेखि सहायक सडकका नाला पनि सरसफाइ हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “महानगरका तीनवटा स्काभेटर र थप अर्को चेन स्काभेटरको माध्यमबाट नाला सफाइको काम भइरहेको छ ।”

महानगरका अनुसार छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फ सफाइको काम सकेर हाल दक्षिणतर्फ भन्सारसम्म सफाइको काम भइरहेको छ ।

महानगर प्रमुख सिंहले स्काभेटरले सफाइ गर्न सक्ने ठाउँमा त्यसले र नसक्ने ठाउँमा मानव जनशक्ति खटाएर सरसफाइ भइरहेको बताउनुभयो । सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नाला सफाइ भए मात्रै वीरगञ्ज डुबानबाट बच्ने भएकाले सरसफाइलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो ।

मुख्य नाला सफाइ गर्न चारवटा स्काभेटर र २५ जना सफाइकर्मी दैनिक खटिरहेका छन् । रासस