३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाँसीकुवा संरक्षण गर्न ‘विकास प्रतिष्ठान’ गठन



अ+ अ-

तनहुँ। बाल्यकालमा आदिकवि भानुभक्त आचार्य भोर्लेटारस्थित मामाकोघर जाँदा घाँसीकुवाले बनाएको व्यास नगरपालिका-७ सत्रसयमा पर्ने घाँसीकुवा संरक्षणका लागि आज ‘भानु-घाँसीकुवा क्षेत्र विकास प्रतिष्ठान’ गठन गरिएको छ ।

व्यास-७ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा गठित समितिको अध्यक्षमा रत्नमाया थापामगर रहनुभएको छ । प्रतिष्ठानको उपाध्यक्षमा टीकाराम श्रेष्ठ, सचिवमा टेकबहादुर सुनार, सहसचिवमा पूर्ण विके, सदस्यहरूमा सन्तबहादुर रानामगर, धनमाया श्रेष्ठ, कोपिला थापा र मीना परियार रहेनुभएको छ ।

ओझेलमा परेको घाँसीकुवाको संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि विभिन्न निकायसँग हातेमालो गर्दै अघि बढ्न आफूहरूले घाँसीकुवा क्षेत्र विकास प्रतिष्ठान गठन गरेको नवनिर्वाचित अध्यक्ष थापामगरले बताउनुभयो । लमजुङको मध्यनेपाल नगरपालिकाले भानुभक्त संवाद चौतारी भनेर प्रचारप्रसार गरेपनि संस्था नहुँदा उक्त घाँसीकुवाको विकासमा आफूहरू अग्रसर हुन नसकेको उहाँको भनाइ छ ।

भानुभक्त र घाँसीकुवाको कथालाई प्रेरणाको रूपमा सबैतिर लिने चलन रहेको व्यास-७ का वडाध्यक्ष न्यौपानेले बताउनुभयो । भानुभक्त मामाघरमा जाँदा व्यास-७ साँखुलीका खड्गबहादुर मगरले सत्रसयमा खनेको घाँसीकुवाको प्रचारप्रसारका लागि स्थानीयको अभियानमा आफूहरूको साथ रहने उहाँले उल्लेख गर्नुभयो । रासस