२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घाँसीकुवा संरक्षण गर्न ‘विकास प्रतिष्ठान’ गठन



अ+ अ-

तनहुँ। बाल्यकालमा आदिकवि भानुभक्त आचार्य भोर्लेटारस्थित मामाकोघर जाँदा घाँसीकुवाले बनाएको व्यास नगरपालिका-७ सत्रसयमा पर्ने घाँसीकुवा संरक्षणका लागि आज ‘भानु-घाँसीकुवा क्षेत्र विकास प्रतिष्ठान’ गठन गरिएको छ ।

व्यास-७ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा गठित समितिको अध्यक्षमा रत्नमाया थापामगर रहनुभएको छ । प्रतिष्ठानको उपाध्यक्षमा टीकाराम श्रेष्ठ, सचिवमा टेकबहादुर सुनार, सहसचिवमा पूर्ण विके, सदस्यहरूमा सन्तबहादुर रानामगर, धनमाया श्रेष्ठ, कोपिला थापा र मीना परियार रहेनुभएको छ ।

ओझेलमा परेको घाँसीकुवाको संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि विभिन्न निकायसँग हातेमालो गर्दै अघि बढ्न आफूहरूले घाँसीकुवा क्षेत्र विकास प्रतिष्ठान गठन गरेको नवनिर्वाचित अध्यक्ष थापामगरले बताउनुभयो । लमजुङको मध्यनेपाल नगरपालिकाले भानुभक्त संवाद चौतारी भनेर प्रचारप्रसार गरेपनि संस्था नहुँदा उक्त घाँसीकुवाको विकासमा आफूहरू अग्रसर हुन नसकेको उहाँको भनाइ छ ।

भानुभक्त र घाँसीकुवाको कथालाई प्रेरणाको रूपमा सबैतिर लिने चलन रहेको व्यास-७ का वडाध्यक्ष न्यौपानेले बताउनुभयो । भानुभक्त मामाघरमा जाँदा व्यास-७ साँखुलीका खड्गबहादुर मगरले सत्रसयमा खनेको घाँसीकुवाको प्रचारप्रसारका लागि स्थानीयको अभियानमा आफूहरूको साथ रहने उहाँले उल्लेख गर्नुभयो । रासस