६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारिका समूहको निर्वाचनमा उम्मेदवार बनेका प्रेस चौतारीका चार जना कारबाहीमा



अ+ अ-

काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारीले सञ्चारिका समूहको अधिवेशनमा उम्मेदवार बनेका आफ्ना ४ जना सदस्यलाई कारबाही गरेको छ । प्रेस चौतारीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । यसैगरी चौतारीले नेकपा एमालेको सदस्यतासमेत खारेज गर्न सिफारिस गरेको छ ।

प्रेस चौतारीका महासचिव हीरामान लामाले विज्ञप्ति निकाल्दै कारबाहीबारे जानकारी गराएका छन् । कारवाहीमा पर्नेहरुमा पूर्वकेन्द्रीय सचिव लोग्सरी कुँवर, पूर्वकेन्द्रीय समिति सदस्य पवित्रा सुनार, केन्द्रीय सदस्य तारा चापागाईं र निर्वाचन आयोग पूर्वसदस्य दीपा रेग्मी छन् ।

उनीहरुले संगठनको हितविपरित अन्य पार्टीको उक्साहटमा उम्मेदवारी दिएको आरोप लगाइएको छ ।

अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनेका चौतारीले कारबाही गरेका पवित्रा सुनार र लोग्सरी कुँवरलाई माओवादीनिकट प्रेस सेन्टरले समर्थन गरेको छ ।

यी दुवै पदमा अब प्रेस चौतारीकै सदस्यहरुबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसनिकट प्रेस युनियनले पाएको महासचिव पदमा राधा खनाल निर्विरोध भइसकेकी छन् । प्रेस चौतारीकी पवन वर्षा शाहले उम्मेदवारी फिर्ता लिएसँगै खनाल निर्वाचित भएकी हुन् ।