२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, दुई सय ५७ घाइते



अ+ अ-

काठमाडौँ। यस वर्षको प्रि–मनसुनको हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु भएको छ । दुई सय ५७ जना घाइते भएको रााष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । मुलुकमा अहिले प्रि–मनसुनको अवधि छ । साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अङ्ग्रेजी महिनाको मार्च देखि मे महिनासम्मको समयलाई प्रि–मनसुन भनिन्छ । प्राधिकरणका अनुसार प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले समान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई नेपालका केही स्थानमा असिना पर्ने, हुरीबतास चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधि हुने गर्छ ।

प्राधिकरणले आज सूचना जारी गर्दै हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खण्डित वर्षा भइरहेको जनाएको छ । यो अवस्था अझै केही दिन रहने छ । जल तथा मौसम विज्ञान विभागका निकायबाट जारी हुने विपद्सम्बन्धी सूचना, पूर्वानुमान एवं चेतावनीको पालना गर्न, विपद्बारे चासो राखी चनाखो बनी विपद् सुरक्षित नेपाल निर्माणमा साथ सहयोग पुर्याउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।

संवैधानिक प्रावधान तथा सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थपनको काम हुँदै आएको छ । यसका लागि स्थापित कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्थानीयदेखि केन्द्रसम्म क्रियाशील संस्थागत संरचना तथा संयन्त्रको प्रभावकारी परिचालन जरुरी रहेको प्राधिकरणले जनाएको छ । रासस