२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानी नाका र सडकको स्तरोन्नतिमा सरकारले पहल गर्छः परराष्ट्रमन्त्री



अ+ अ-

काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भोटेकोशी गाउँपालिका वडा नम्बर–२ स्थित तातोपानी धारामा निर्मित स्नानगृहको उद्घाटन गर्नुभएको छ । नेपाल–चीन सीमामा घुम्न आउने पर्यटक र तीर्थयात्रीलाई लक्षित गरेर भोटेकोशी गाउँपालिकाको लगानीमा स्नानगृह निर्माण गरिएको हो ।

तातोपानीमा हाल पुराना सात वटा धारा छन् भने नवनिर्मित भवनमा ४७ बाथटव निर्माण गरिएको छ । यहाँ प्रायः कात्तिक महिनादेखि चैतसम्म दैनिक एक हजारसम्म पर्यटक तातोपानी धारामा स्नान गर्न आउने गरेका छन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा राणाले सीमानाका र सडकको स्तरोन्नति तथा विकासका लागि आवश्यक पहल गर्ने जानकारी पनि दिनुभएको थियो । उहाँले पर्यटन प्रवर्द्धनका हिसाबले पनि सो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीयस्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री डा राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौँ कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकहरूको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने सो अवसरमा बताउनुभयो । मन्त्री डा राणाले यस विषयमा सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालासँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गर्नुभएको थियो ।

तातोपानी नाकालाई थप व्यवस्थित गर्न निर्देशन

यसैबीच आजै परराष्ट्रमन्त्री डा राणाले आज सिन्धुपाल्चोकको तातोपानी नाका तथा यहाँस्थित भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिनुभयो । वार्षिक रु २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रूपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी उहाँले सो निर्देशन दिनुभएको हो ।

यसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री डा राणाले सो अवसरमा बताउनुभएको थियो । रासस