२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक



अ+ अ-

गलकोट । बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटसँग जोडिएको रायराँयकोटमा गुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ । बागलुङ नगरपालिका–७ बौलुङमाथिको डाँडामा रहेको धार्मिकस्थल रायराँयकोट क्षेत्रमा यतिबेला गुराँसले राताम्ये भएको छ ।

प्राकृतिक दृश्वाअवलोकनका लागि उपयुक्त गन्तव्य बनेको रायराँयकोटमा गुराँस फुलेपछि पर्यटकको आगमन बढेको स्थानीय बताउँछन् । रायराँयकोटमा वैशाख र जेठमा स्थानीय समुदायले वर्षादेवका रूपमासमेत पूजाआजा गर्दै आएका छन् ।

उक्त स्थानमा पुग्नेको सङ्ख्या अहिले दिनप्रतिदिन बढ्दै गएको स्थानीय तेजप्रसाद न्यूरेले बताउनुभयो । “पूर्वाधार निर्माण र प्रचारप्रसारका कारण रायराँयकोट पछिल्लो समय चर्चामा छ । गुराँस फुलेसँगै रायराँयकोट मनमोहक देखिएको छ । धार्मिक तथा प्राकृतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिएकाले पछिल्लो समय यहाँ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो”, उहाँले भन्नुभयो ।

न्यूरेका अनुसार धार्मिक पर्यटकीय क्षेत्रका रूपमा चर्चित पञ्चकोटमध्येको एक रायराँयकोटमा पछिल्लो दैनिक तीन सय बढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका छन् । “पहिले पूजाआजा गर्न मात्र आन्तरिक पर्यटक यहाँ आउने गरेकामा पछिल्लो समय अवलोकनसँगै बास बस्ने गरी पनि पर्यटक आउन थालेका छन्”, उहाँले भन्नुभयो, “पदमार्ग, खानेपानी, शौचालय, सत्तललगायत धार्मिक पूर्वाधार निर्माण भएपछि अहिले गुराँससँग फोटो खिच्ने, टिकटक बनाउने र हिमश्ङ्खला हेर्न दैनिक तीन बढी पर्यटक यहाँ पुग्ने गरेका छन् ।”

सडक मार्ग हुँदै बागलुङ बजारबाट दुई घण्टामा पुग्न सकिने उच्च पहाडमा रहेको रायराँयकोटले आन्तरिक पर्यटक तान्दै आएको छ । सवारीसाधनका माध्यमबाट यहाँ पुग्नुभएकी रेणु केसीले बागलुङ बजारको कोलाहल छल्ने नजिकको स्थानका रूपमा रायराँयकोट बनेको बताउनुभयो ।

उहाँका अनुसार उच्च पहाड संसारकोटसम्म फैलिएको पाँचकोटले धार्मिक मार्गको रूपमासमेत विकास गरेको थियो । यहाँ गैरागाउँ, तितौरे, बाटुले, तग्राम, मूल्पानी, तित्याङ र मालिकालगायत विभिन्न स्थानबाट वर्षादेवका रूपमा पूजाआजा गर्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयका अनुसार रायराँयकोटमा अहिलेसम्म रु २० लाखको पूर्वाधार निर्माण भइसकेको छ । मन्दिरको छाना छाउने, पुरानो घण्टी संरक्षण, सत्तल निर्माण, पर्खाल निर्माण र मैदान बनाइएको छ । रायराँयकोटमा पुग्नेस्तरीय सडक बनाउन आवश्यक छ ।

पञ्चकोटबाट संसारकोट पुग्ने पदमार्ग निर्माणका लागि रु ५० लाख बजेट सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन गरिएको छ । साथै करिकोटबाट माझकोटसम्म पदमार्ग निर्माण भइरहेको छ । रायराँयकोटमा लिफ्टमार्फत स्थानीयलाई खानेपानी पुर्‍याइएको छ । ठूलो ढुङ्गाको छेडमा परापूर्वकालदेखि पूजा गरिने यस स्थानमा विसं १९२६ मा चन्द्रप्रसाद गौचनले चढाउनुभएको घण्टी संरक्षित रहेको स्थानीय बताउँछन् ।

पाँचकोटअन्तर्गत तारजालकोट, कारिकोट, माझकोट, रायराँयकोट र संसारकोटलाई पञ्चकोटका रूपमा प्रचार गरी अहिले पञ्चकोट धार्मिक गन्तव्य बनाइएको नगर कार्यालयले जनाएको छ । रासस