३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई उपचारका लागि रिहा गर्ने तयारी



अ+ अ-

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई छाड्ने तयारी भएको छ ।

यो पनि पढ्नुहोसरविन्द्र र धवलविरुद्ध मुद्दा नचलाइने, रिहा गर्न साइत कुर्दै सरकार

क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो ।

उनको बयान पूरा भइसकेको र बाँकि अनुसन्धानको लागि पुनः कानुनी प्रक्रियामा ल्याइने तयारीसहित छाड्न लागिएको बताईएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समू्हको प्रदर्शन हिंसात्मक भएसँगै राणा सोही दिन पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका वरिष्ठ नेता रवीन्द्र मिश्र भने हिरासतमै छन् ।