२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’: जापानका लागि अमेरिकी राजदूत



अ+ अ-

एजेन्सी । जापानका लागि नवनियुक्त अमेरिकी राजदूतले टोकियोका बाणिज्य दूतले वासिङ्टनको भ्रमण गरेपछि दुई देशबीच व्यापार सम्झौता हुनेमा आफू ‘अत्यन्त आशावादी’ रहेको बताउनुभएको छ ।

जापानले ह्वाइट हाउसले घोषणा गरेको कडा कर फिर्ता लिन चाहेको बेला रयोसी अकाजावाले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटवार्ता र छलफल गर्नुभएको छ ।

तत्काल कुनै प्रगति नभए पनि अर्को चरणको वार्ता यसै महिनाको अन्त्यअघि हुने बताइएको छ ।

उहाँले भन्नुभयो, “मैले अहिले वार्तामा खटिएका करसम्बन्धी अधिकांश अधिकारीहरूसँग भेटेको छु ।”

“सम्झौता हुनेछ, म अत्यन्त आशावादी छु, ” राजदूत जर्ज ग्लासले पत्रकारहरूसँग भन्नुभयो ।

टोकियोको हानेदा विमानस्थलमा उहाँले भन्नुभयो, “जापान र अमेकिाका राम्रा र प्रतिभाशाली कुटनीतिज्ञ र कर विशेषज्ञहरूले वार्तालाई सम्झौतामा परिणत गर्ने जिम्मेवारी पूरा गर्न लागिपरेका छन् ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतालाई उच्च प्राथमिकता दिनुभएको छ । त्यसैले मलाई धेरै विश्वास छ, हामी केहि गर्नेछौं।

जापानी कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो लगानीकर्ता हुन् र जापान एशिया–प्रशान्त क्षेत्रमा वाशिङ्गटनको लागि एक महत्वपूर्ण रणनीतिक सहयोगी हो।

तर ट्रम्पले अधिकांश देशहरूमा लगाएको १० प्रतिशत आधारभूत करका साथै कार, स्टिल र आल्मुनियममा लगाएको पीडादायी कडा करको अधीनमा जापान पनि रहेको छ।

ट्रम्पले जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ कर लगाए पनि यो चीनबाहेक अन्य देशहरूमा जस्तै ९० दिनका लागि रोकिएको छ।