२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो



प्रतिकात्मक तस्बिर ।
अ+ अ-

एजेन्सी । जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले यात्रुको भाडाबाट सात हजार डलर चोरेको आरोपमा बर्खास्त भएपछि ८४ हजार अमेरिकी डलर बराबरको अवकाश प्याकेज गुमाएका छन् ।

क्योटो सिटीले सन् २०२२ मा एक हजार येन (सात अमेरिकी डलर) ठगी (चोरी) गरेको बसको सुरक्षा क्यामेरामा देखिएको रेकर्डको आधारमा नाम नखुलाइएका ती व्यक्तिलाई बर्खास्त गरेको थियो ।

चोरीको अभियोगमा एक करोड २० लाख येन (८४ हजार अमेरिकी डलर) भन्दा बढीको अवकाश रकम दिन चालक कार्यरत कार्यालयले अस्वीकार गरेपछि चालकले स्थानीय अदालतमा मुद्दा दायर गरेका थिए जसमा अदालतले सजाय अत्यधिक भएको फैसला सुनाएको थियो।

स्थानीय अदालतको फैसला उनको पक्षमा आएपनि यस मुद्दामाथि भएको पुनरावेदनपछि सर्वोच्च अदालतले यसलाई उल्टाएको छ । चालकले मुद्दा हारेका छन् ।

नगर कार्यालयको पक्षमा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएपछि नगर कार्यालयको सजाय पुनः कायम भएको छ ।

उक्त व्यक्तिको आचरणले प्रणाली र बस सेवाको प्रभावकारी सञ्चालनप्रतिको जनविश्वासलाई कमजोर पार्न सक्ने फैसला सर्वोच्च अदालतले सुनाएको हो ।

घटनामा पाँच जना यात्रुको एक समूह बसमा पसेर उनलाई एक हजार १५० येन तिरेको फैसलामा उल्लेख छ ।

चालकले समूहलाई १५० येन मूल्यको भाडा सङ्कलनका लागि सिक्का बाकसमा खसाल्न निर्देशन दिएको र एक हजार येनको बिल हातमा लिएका थिए ।

क्यामेरामा कैद भए तापनि उनले आफ्नो वरिष्ठ अधिकारीले गरेको सोधप्ुधका क्रममा उनीमाथि लागेको सात डलर चोरीको आरोप अस्वीकार गर्ने प्रयास गरे अर्थात् घटनालाई सही तरिकाले रिपोर्ट गर्न नसकेको देखिन्छ ।

क्योटो सिटीले यो निर्णयको स्वागत गरेको छ ।

“प्रत्येक बस चालकले एक्लै काम गर्छन् र जनताको पैसा चलाउँछन्। क्योटोको सार्वजनिक यातायात ब्यूरोका एक अधिकारी शिनिची हिराईले एएफपीसँग भने, “हाम्रो कामको यस क्षेत्रसँग सम्बन्धित अनियमितता भएको थियो, हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौँ।”

उनले भने, “यदि हाम्रो कडा कदमलाई स्वीकार गरिएन भने हाम्रो सङ्गठनमा लापरवाही हुनसक्छ र यसले जनताको विश्वासलाई कम गर्न सक्छ।




भर्खरै