काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा।गुणाकर भट्टले पदबाट राजीनामा दिनु भएको छ ।
गभर्नरमा नियुक्ति हुने निश्चित भएपछि कार्यकारी निर्देशक पदबाट शुक्रबार राजीनामा दिनु भएको को बताइएको छ । सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा सहमति भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरको लागि अर्थशास्त्री डा।भट्टको नाम प्रस्ताव गर्नुभएको छ ।
अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठक शुक्रबार नै बसेर तीन जनाको नाम सिफारिस गर्ने तयारी भएको छ।










