९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

धवलागिरिका छ वटा गौरवका आयोजना

धवलागिरिका छ वटा गौरवका आयोजना
अ अ+ अ-

म्याग्दी । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छवटा गौरवका आयोजना सञ्चालन गरेको छ । १२ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएका दुईवटा योजना बहुवर्षीय क्रमागत हुन् भने तीन करोड २० लाख बजेट विनियोजन भएका चारवटा योजना सालबसाली हुन् ।

सङ्घीय र प्रदेश सरकारको विशेष तथा समपूरक अनुदानमा सञ्चालित चारवटा सालबसाली आयोजनाको ठेक्का सम्झौता गरेर कार्यान्वयन थालिएको गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलले जानकारी दिनुभयो । प्रदेश सरकारको रु ६० लाख र गाउँपालिकाको रु ४० लाख विनियोजन गरेको वडा नं ४ मुदीको वडा कार्यालय भवन निर्माणका लागि मालिका भगवती कन्ट्रक्सनसँग रु ८४ लाख ९६ लाखमा ठेक्का सम्झौता भएको छ । ठेकेदार कम्पनीले जग्गा व्यवस्थापन सकेर चारकोठे भवनको भुइँ तलामा ढलानको तयारी गरेको छ । पहिलो तलामा सभाहल निर्माण हुने गाउँपालिकाले जनाएको छ ।

सङ्घीय सरकारको रु एक करोड १० लाख विशेष अनुदान प्राप्त भएको मन्छिम–शिवाङ–हिलापोखरी ‘एक घर, एक धारा’ खानेपानी योजना निर्माणका लागि बागेश्वरी कन्ट्रक्सन काठमाडौँसँग रु ८२ लाख ३९ हजारमा ठेक्का सम्झौता भएको छ । यस आयोजनामार्फत धवलागिरि–७ का मच्छिम, शिवाङ र हिलापोखरीका करिब तीन सय घरपरिवार लाभान्वित हुनेछन् ।

सङ्घीय सरकार र गाउँपालिकाले रु ३५–३५ लाख विनियोजन गरेको लुलाङ–गुर्जा सडक निर्माणका लागि रारा तेन्जिन कन्ट्रक्सन प्रालिले रु ३२ लाख ८९ हजारमा ठेक्का सम्झौता गरेको छ । गत वर्ष सङ्घीय, प्रदेश र गाउँपालिकाले विनियोजन गरेको रु छ करोड बजेटबाट लुलाङ–गुर्जा सडकको लुलाङबाट देउराली लत्रवाङ नजिकसम्म नौ दशमलव पाँच किलोमिटर मार्ग खुलेको धवलागिरिका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । यस वर्षको ठेक्कामार्फत लत्रवाङबाट गुर्जातर्फ सडक निर्माण गर्न थालिएको छ ।

त्यसैगरी, सङ्घीय विशेष अनुदान रु ४० लाख बजेट विनियोजन भएको मुदी ढल व्यवस्थापन योजनाका लागि भण्डारी ढोरपाटन निर्माण सेवाले रु ३७ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको छ । योजनामार्फत मुदीगाउँमा ढल व्यवस्थापनका लागि चार सय मिटर पक्की नहर निर्माण गरिने पूर्वाधार शाखाका प्रमुख रावलले बताउनुभयो ।

बर्खामा बस्तीमाथिको पाखोबाट आउने बाढीलाई व्यवस्थित बगाउन पक्की नाला निर्माण गर्न लागिएको हो । वडाध्यक्ष घर्तीका अनुसार दुई सय ७० घरपरिवारको बसोबास रहेको मुदीमा बर्खायाममा बस्तीमाथिको पाखोबाट आउने बाढीले जोखिम बढाएको थियो । वडा नं ३ घट्टेखोलामा रु सात करोड ७८ लाखमा ठेक्का सम्झौता भएको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा छ । जुम्ली–प्रतिष्ठा–माछापुच्छ्रे जेभीले ठेक्का लिएको भवनको हालसम्म रु तीन करोड ९० लाख भुक्तानी भइसकेको छ । भवनको मुख्य संरचनाको काम सकेर रङरोगन, घेराबार र चमेनागृह निर्माण भइरहेको छ ।

वडा नं ७ ताकममा रु चार करोड ८८ लाखमा ठेक्का सम्झौता भएको पाँच शय्या क्षमताको अस्पताल भवनको दोस्रो तलासम्म ढलान सकिएको छ । हालसम्म रु दुई करोड ३४ लाख भुक्तानी भइसकेको यस भवन निर्माणका लागि बिएम–आइएस–एसी जेभीले ठेक्का लिएको थियो ।

धवलागिरि गाउँपालिकाको गाउँसभाबाट चालु आवका लागि छनोट भई बजेट विनियोजन भएका एक सय पाँचमध्ये एक सय दुईवटा योजनाको सम्झौता भएको र उपभोक्ता समितिसँग सम्झौता भएको योजना वैशाख महिनाभित्र सम्पन्न हुने चरणमा रहेका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो ।

गाउँपालिकाको कार्यालय रहेको मुना आएर योजना सम्झौता गर्न अपायक पर्ने ४, ५, ६ र ७ नम्बर वडामा पर्ने मुदी, मल्कवाङ, मराङ र ताकममा घुम्ती शिविरमार्फत ७८ वटा योजनाको सम्झौता गरिएको थियो । चालु आवमा पूर्वाधार योजनाका लागि करिब रु १५ करोड बजेट विनियोजन भएको अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । रासस