९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

प्रसिद्ध वक्ता प्रेम रावतले सैनामैनामा शान्तिको सन्देशका लागि प्रवचन दिने

प्रसिद्ध वक्ता प्रेम रावतले सैनामैनामा शान्तिको सन्देशका लागि प्रवचन दिने
अ अ+ अ-

काठमाडौं । पाँच दशकदेखि शान्ति र आत्म चेतनाको ज्ञान प्रवाह गर्दै आउनुभएका प्रख्यात वक्ता प्रेम रावतले नेपाली समाजमा पनि आत्मज्ञान र शान्तिको सन्देश प्रवाहका लागि प्रवचन दिनुहुने भएको छ ।

आत्मज्ञान प्रसार सङ्घ नेपालद्वारा शनिबार बिहान रुपन्देहीको सैनामैनामा नगरपालिका–७ गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजित एक कार्यक्रममा उहाँको करिब दुई घण्टा शान्तिका लागि प्रवचन हुने संस्थाका सञ्चार संयोजक श्रीराम अधिकारीले जानकारी दिनुभयो ।

भारतीय मूलका विश्वविख्यात शान्तिका प्रेरक रावतले एक दशकअघि भक्तपुर र पोखरामा विश्व शान्तिको कामना गर्दै प्रवचन दिनुभएको थियो । विमान चालकसमेत रहनुभएका रावतका विश्व शान्तिसम्बन्धी प्रवचन एक सय १० भन्दा बढी देशमा प्रत्यक्ष प्रसारण हुँदै आएको आयोजकको दाबी छ ।

प्रवचनका क्रममा उहाँ भन्नुहुन्छ, “हामीले कल्पना गरेको स्वर्ग र नरक यहीँ छन् । मानिस क्रोध र अहङकारका बेला नरकमा हुन्छ, ह्दयमा प्रेम र कृतज्ञता भरिँदा यहीँ स्वर्गको अनुभव गर्न सक्छ । त्यसैले मानिसले आफ्नो जीवनमा स्वर्गको अनुभव यहीँ गर्न सक्छ ।”

उहाँका नाममा स्थापित द प्रेम रावत फाउन्डेसनले शान्ति शिक्षासम्बन्धी कार्यक्रम विश्वका ८७ बढी देशमा ४६ भाषामा सञ्चालन गरिरहेको आयोजक संस्थाले जानकारी दिएको छ ।