१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

बाल यौन दुराचारको आरोप लागेका बम्जनले कसरी पाए सफाई ?

बाल यौन दुराचारको आरोप लागेका बम्जनले कसरी पाए सफाई ?
अ अ+ अ-

काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुराचारमा जिल्ला अदालतबाट दोषी ठहर भएका रामबहादुर बम्जनलाई सफाई दिएको छ । उच्च अदालतले हदम्यादका कारण मुद्दै चल्न नसक्ने भन्दै बम्जनलाई सफाइ दिएको हो ।

सर्लाही जिल्ला अदालतले गत वर्ष असार १७ गते बम्जनलाई १० बालबालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै १० वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो । त्यसमाथि भएको पुनरावेदनमा उच्च अदालत जनकपुरका न्यायाधीशहरु खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले हदम्यादका कारण बम्जनमाथि मुद्दा नचल्ने देखिएको भन्दै जिल्ला अदालतको सजाय लागू हुन नसक्ने ठहर गरेको हो ।

गएको चैत ६ गते फैसला भएको यो मुद्दाको पूर्ण पाठ आज सार्वजनिक भएको हो । पूर्णपाठमा प्रचलित कानुनअनुसार हदम्यादभित्र अभियोगपत्र दायर नभएको भएको जिकिर गरिएको छ । २०७३ साउन २० गते उक्त घटना भएको थियो । त्यतिबेला प्रचलित कानुनअनुसार जबर्जस्ती करणी कसुरका लागि ६ महिना हदम्याद रहेको थियो ।

सो हदम्यादअनुसार वादी पक्षले २०७३ माघ १९ गतेभित्रै अभियोगपत्र दायर गरिसक्नुपर्ने थियो । तर, पीडित पक्षले २०७३ माघ २३ गते मात्रै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । सो समयसम्म हदम्याद नाघेको र पीडित तत्कालीन बालबालिका ऐन, २०४८ अनुसार १६ वर्ष पुगेर बालिग भइसकेको पूर्णपाठमा उल्लेख गरिएको छ । पीडित ०७४ असार १९ मै १६ वर्ष पुगिसकेको फैसलामा भनिएको छ ।

‘सुरु सर्लाही अदालतको फैसला नमिलेकोले बदर भई अभियोगपत्र नै खारेज हुने ठहर्छ,’पूर्णपाठमा उल्लेख गरिएको छ,‘कसुरदार ठहर भएका पुनरावेदक प्रतिवादी रामबहादुर बम्जन भन्ने रामलाल बम्जनले समेत आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदक जिकिर पुग्न सक्दैन ।’

यसअघि जिल्ला अदालत सर्लाहीले आंशिक दाबी पुग्ने फैसलासहित बम्जनलाई दोषी ठहर गरेको थियो । त्यतिबेला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति दिने फैसला सुनाएका थिए ।