२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोदावरी नगरपालिका–१ लाई बालमैत्री वडा घोषणा



अ+ अ-

ललितपुर। गोदावरी नगरपालिका–१ लाई बालमैत्री वडा घोषणा गरिएको छ । ‘सम्मानित बालापन–सुनिश्चित बाल अधिकारः बालमैत्री तथा समुन्नत गोदावरीका आधार’ भन्ने मूल नाराका साथ आज उक्त वडालाई बालमैत्री घोषणा गरिएको हो ।

‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८’ ले तय गरेको ५१ वटा सूचक पूरा गरी बालमैत्री वडा घोषणा गरिएको गोदावरी नगरपालिका–१ का वडा सचिव शालिग्राम गुरागाईंले जानकारी दिनुभयो ।

सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा ललितपुर क्षेत्र नं १ बाट निर्वाचित सङ्घीय सांसद उदय शमशेर राणा हुनुहुन्थ्यो । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले यसैवर्ष भित्र  सबै वडालाई बालमैत्री बनाउने लक्ष्य लिएको बताउनुभयो । रासस