३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

विस्का जात्रा सम्पन्न



फाइल फोटो
अ+ अ-

काठमाडौँ। धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विस्का नखः (जात्रा) आज सम्पन्न भएको छ । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झैँ यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म विस्का नखः (जात्रा) चलेको थियो ।

यही वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक रुपमा विस्का जात्रा सुरु भएको थियो । वैशाख २ गते टोखा नगरपालिका–२ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरी रथलाई सोही दिन माथिल्लो लाछीमा लगेर बिसाइएको थियो । यस्तै वैशाख ३ गते माथिल्लो लाछीमा सिन्दुर जात्रा गरेर उठाइएको रथ हासलटोलमा लगेर बिसाइएको थियो ।

रथयात्रालाई गुठी, गुठियारको घरमा लगेर बाली उठाउने गरिन्छ । अनी हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ । रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराएर सानो लाछीमा लगेर बिसाइएको थियो ।

यस्तै वैशाख ४ गते सानोलाछीबाट सिन्दूर जात्रा गरी गछेटोलमा लगेर रथ बिसाइएको थियो । उक्त स्थानमा बिसाएको रथलाई विधिवत रुपमा पूजासहित सिन्दूर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन छ । जात्राका अवसरमा आज टोखा नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो ।  रासस