२८ भाद्र २०८३, आईतवार
,
Latest
‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुको थामेमा आरोही सम्मेलन हुने



सगरमाथा (फाइल फोटो)
अ+ अ-

काठमाडौँ। सोलुखुम्बुको थामेमा यही वैशाख ९ गते आरोही सम्मेलन (समिर्टस् समिट) हुने भएको छ ।

‘जलवायु न्यायका लागि साथसाथै’ संस्थाले आयोजना गर्न लागेको उक्त सम्मेलनमा आरोही, जलवायु र पर्यटन विज्ञ एवं सरकारी तहबीच समूहगत छलफल हुने बताइएको छ ।

साथै सरकारले गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा उक्त आरोही सम्मेलन जोडिएको छ । सम्मेलनलाई आज सगरमाथा संवाद सचिवालयले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी सञ्चालन गर्न स्वीकृत दिएको छ । साथसाथैका अध्यक्ष प्रजिता कार्कीले कार्यक्रमका लागि सरोकारवाला संघसंस्थासहित सरकारले पनि अपनत्व लिएकोमा उत्साहित भएको बताउनुभयो ।

सम्मेलनमा सगरमाथा आरोही कतारकी राजकुमारी आस्मा अल थानी, चर्चित आरोहीहरु कामारिता शेर्पा, मिङ्मा डेभिड शेर्पा, तेम्वाछिरी शेर्पा, माया गुरुङसहितलगायतको सहभागिता हुने उहाँले जानकारी दिनुभयो ।

आरोही सम्मेलनमा जलवायु परिवर्तनका कारण गत वर्ष थामेमा हिमपहिरो गई समस्यामा परेका पीडितको सहभागिता रहने आयोजकले जनाएको छ । यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, टेवा, नेप्लीज युथ फर क्लाइमेट एक्सन (एनवाईसिए) सहितका सङ्घसंस्था सहआयोजकका रुपमा छन् ।

नेपाल सरकारले यही जेठ २ देखि ४ गतेसम्म जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य शीर्षकमा विभिन्न देशको सहभागिता हुने गरी सगरमाथा संवाद आयोजना गर्दैछ ।रासस