२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमको शान्तिसुरक्षाको अवस्थाबारे छलफल



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका मन्त्री, सचिव, चारैसुरक्षा निकायका प्रमुख तथा प्रदेशअन्तर्गत कार्यालयका प्रमुखहरुसँग विभिन्न विषयमा छलफल गर्नुभएको छ ।

धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशको शान्तिसुरक्षाको अवस्था, भन्सार जाँच तथा आवागमन सहजीकरण, राजस्व सङ्कलन र लागुऔषध नियन्त्रणका विषयमा मुख्यमन्त्री शाहले छलफल गर्नुभएको हो । छलफलका क्रममा उहाँले प्रदेशभित्रको शान्तिसुरक्षा चुस्तदुरूस्त राख्न, लागुऔषध नियन्त्रण गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न तथा पर्यटन प्रवद्र्धनका विषयमा प्रभावकारी रुपमा लाग्न निर्देशन दिनुभयो ।

बैठकमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुले शान्तिसुरक्षाबारे मुख्यमन्त्री शाहलाई जानकारी गराएका थिए । बैठकले शान्तिसुरक्षाको स्थितिलाई थप प्रभावकारी बनाउन संस्थागत समन्वय र सहकार्यलाई निरन्तरता दिने, प्रदेशस्तरमा सुरक्षा सम्बन्धित बैठक मासिक रूपमा गर्ने निर्णय गरेको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रकाशबहादुर बम, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निमित्त प्रमुख सचिव लीलाधर सुवेदी, नेपाली सेना, सुदूरपश्चिम पृतनाका उपरथी प्रकाश देउजा, भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश सचिव सुरतकुमार वम, सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल, राष्ट्रिय अनुसन्धान विभाग, प्रदेश कार्यालयका सहअनुसन्धान निर्देशक नगेन्द्रप्रसाद दाहाललगायत सहभागी हुनुहुन्थ्यो । रासस