२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

सुदूरपश्चिमको शान्तिसुरक्षाको अवस्थाबारे छलफल

सुदूरपश्चिमको शान्तिसुरक्षाको अवस्थाबारे छलफल
अ अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका मन्त्री, सचिव, चारैसुरक्षा निकायका प्रमुख तथा प्रदेशअन्तर्गत कार्यालयका प्रमुखहरुसँग विभिन्न विषयमा छलफल गर्नुभएको छ ।

धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशको शान्तिसुरक्षाको अवस्था, भन्सार जाँच तथा आवागमन सहजीकरण, राजस्व सङ्कलन र लागुऔषध नियन्त्रणका विषयमा मुख्यमन्त्री शाहले छलफल गर्नुभएको हो । छलफलका क्रममा उहाँले प्रदेशभित्रको शान्तिसुरक्षा चुस्तदुरूस्त राख्न, लागुऔषध नियन्त्रण गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न तथा पर्यटन प्रवद्र्धनका विषयमा प्रभावकारी रुपमा लाग्न निर्देशन दिनुभयो ।

बैठकमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुले शान्तिसुरक्षाबारे मुख्यमन्त्री शाहलाई जानकारी गराएका थिए । बैठकले शान्तिसुरक्षाको स्थितिलाई थप प्रभावकारी बनाउन संस्थागत समन्वय र सहकार्यलाई निरन्तरता दिने, प्रदेशस्तरमा सुरक्षा सम्बन्धित बैठक मासिक रूपमा गर्ने निर्णय गरेको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रकाशबहादुर बम, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निमित्त प्रमुख सचिव लीलाधर सुवेदी, नेपाली सेना, सुदूरपश्चिम पृतनाका उपरथी प्रकाश देउजा, भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश सचिव सुरतकुमार वम, सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल, राष्ट्रिय अनुसन्धान विभाग, प्रदेश कार्यालयका सहअनुसन्धान निर्देशक नगेन्द्रप्रसाद दाहाललगायत सहभागी हुनुहुन्थ्यो । रासस