९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई

हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई
अ अ+ अ-

ललितपुर। यस वर्षको हरिराम जोशी पुरस्कार–२०८१ अनुसन्धानकर्ता इञ्जिनियर पद्मसुन्दर जोशी र कदम पुरस्कार अभिलेखविद् डा श्यामसुन्दर राजवंशीलाई प्रदान गरिएको छ ।

‘जोशी रिसर्च इन्ष्टिच्यूट’ले आज पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा एक समारोहको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । इतिहास, संस्कृति, धर्म र दर्शनको अनुसन्धानमा सक्रिय संस्कृतिविद् हरिराम जोशीले स्थापना गर्नुभएको संस्थाले संस्कृति संरक्षण र सम्वर्द्धनको कार्यमा योगदान दिनेलाई चार वर्षदेखि उक्त पुरस्कार दिँदै आएको छ ।

गत वर्ष उक्त पुरस्कार प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ र साहित्यकार तथा कवि मोहन दुवाललाई प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा नेपाल भाषा एकेडेमीका कूलपति, लेखक एवं मानव अधिकारवादी मल्ल के सुन्दरले नेवार सभ्यता कति वैज्ञानिक छ भन्ने कुरा हिति प्रणालीले प्रमाणित गरेको उल्लेख गर्दै सम्मानले अध्येताको मात्रै नभइ पुरस्कारको गरिमा समेत बढाएको बताउनुभयो ।

“हिति प्रणालीमा पुर्खाले निर्माण गरेको वैज्ञानिक पद्धति रहेको छ, नेवार समुदायले पुर्खाले निर्माण गरेको हिति प्रणालीमा गर्व गर्न सक्नुपर्छ । डा जोशी र डा राजवंशीको अध्ययन अनुसन्धानमा परिस्कृत विज्ञाता रहेको भान हुन्छ, दुवैजना जीवन्त सांस्कृतिक सम्पदाको संरक्षक हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

संस्कृतिविद् जोशीले यो संस्था आफ्नो पिता भारथराम जोशीको स्मृतिमा २०३७ सालमा स्थापना गरेर नेपाली संस्कृति, इतिहास र धर्म सम्बन्धी ४० भन्दा बढी पुस्तक प्रकाशित गरेको जानकारी दिनुभयो ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले नेपाली संस्कृति र इतिहासको खोजीमा संस्कृतिविद् जोशीको अध्ययन अनुसन्धान महत्वपूर्ण भएको बताउनुभयो । संस्कृतिविद् जोशी राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै उहाँले जोशीले स्थापना गरेको संस्थाले गरेको कार्य सांस्कृतिक जागरणको सकारात्मक काम भएको धारणा राख्नुभयो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले अध्ययन अनुसन्धानका क्रममा नयाँनयाँ तथ्य पत्ता लाग्ने उल्लेख गर्दै अध्येतालाई इतिहास र संस्कृति अध्ययन अनुसन्धानमा सफलता मिलोस् भनी शुभकामना दिनुभयो ।

सम्मानित व्यक्तित्व इञ्जिनियर जोशीले पाटनको हिटी संरक्षणमा १६÷१७ वर्षदेखि काम गरेर आफूले इतिहासको संरक्षण र जीवन्तताका लागि मद्दत पुग्ने काम गरेको बताउनुभयो । सम्मानित व्यक्तित्व जोशीले यो सम्मानले आफूलाई जिम्मेवारी थपिएको महसुस भएको र हरेक कुराको दस्तावेजीकरण गर्नु पुस्तान्तरणका साथै पछिल्लो पुस्ताका लागि महत्वपूर्ण काम हो भन्नुभयो । हरेक काम आउने पुस्ताका लागि जीवन्त बनाउन सक्ने गरी काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले ललितपुर महानगरले हराइसकेका पोखरी र हिटीको संरक्षणमा महत्वपूर्ण काम गर्दै आएको धारणा राख्नुभयो ।

इतिहासविद् प्रा डा त्रिरत्न मानन्धरले नेपालको संस्कृति र इतिहासको क्षेत्रमा गरेको गहन अनुसन्धानलाई कदर गरी प्रदान गरिएको यो पुरस्कारले इतिहास तथा संस्कृति संरक्षणमा लाग्नेलाई थप प्रेरणा र ऊर्जा प्रदान गर्ने बताउनुभयो । रासस