६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : गण्डकी र काठमाडौँ उपाधिका लागि भिड्ने



अ+ अ-

कास्की। पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि गण्डकी हिरोज र सिइसी काठमाडौँ भिड्ने भएका छन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा आज वर्षाका कारण पहिलो सेमिफाइनल खेल पाँच ओभरको खेलाइएकामा काठमाडौँले हिमाल फ्रेण्ड्स क्रिकेट एकेडेमीलाई १० रनले पराजित गरी फाइनल प्रवेश गर्न सफल भयो ।

यसैगरी दोस्रो सेमिफाइनल खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि खेलको नतिजा टसबाट गरिएकामा गण्डकी भाग्यमानी बन्दै उपाधि नजिक पुग्न सफल भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले पाँच ओभरमा ५७ रन बनाएको थियो । खेलमा जितका लागि ५८ रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्सले पाँच ओभरमा तीन विकेट गुमाउँदै ४७ रनमा समेटियो ।

ओपनर सुवोध ऐरी १३ रनमा आउट भए । उनले आठ बलमा दुई चौका प्रहार गरे । आसिष तिरुवा १३ रनमा र अयुव चन्द २ रनमा नटआउट रहे । काठमाडौँका लागि मनोज यादवले दुई विकेट लिदाँ युनिश विक्रम सिंह ठकुरीले एक विकेट लिए ।

काठमाडौँका ओपनर रित गौतमले सर्वाधिक २८ रन बनाए । प्रहार गरे । अर्जुन घर्ती १३ र दीपेन्द्र रावत आठ रनमा नटआउट रहे । टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले १३ ओभरको तेस्रो बलमा चार विकेट गुमाउँदै एक ४६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएपछि निर्णय टसबाट गरिएको हो ।

गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कूल १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको फाइनल खेल भोली सञ्चालन हुनेछ । च्याम्पियन टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ‘म्यान अफ दि सिरिज’ ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ । रासस