३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘खप्तड बाबाको विचार र चिन्तनले सही मार्गमा हिँड्ने प्रेरित गर्छ’



अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खप्तड स्वामीको विचार र चिन्तनले सही मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभएको छ ।

खप्तडबाबा ज्योति पुरस्कार समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा पुरस्कार एवं सम्मान वितरण समारोहमा उहाँले सुदूरपश्चिम प्रदेशको रमणीय स्थल खप्तड क्षेत्रमा बसेर खप्तडबाबाले गर्नुभएको साधनाबाट निःसृत ज्ञानले मानिसलाई सही बाटोमा हिँडाउने गरेको बताउनुभयो ।

यस्ता साधकको नाममा वितरण गरिने सम्मान एवं पुरस्कारले मानिसलाई सत् मार्गमा लाग्न प्रेरणा दिने उहाँको भनाइ छ ।
नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका प्रा डा मुकुन्द लामिछानेले खप्तड स्वामीका विचार विज्ञान, स्वास्थ्य विज्ञानजस्ता पुस्तकले व्यक्तित्व विकासमा सहयोग गर्ने बताउनुभयो ।

आयोजक संस्थाका अध्यक्ष उपप्राध्यापक गोविन्दप्रसाद दाहालले संस्कृत अध्ययन गरेका विद्यार्थीलाई दिइने यो पुरस्कारको राशि यसै वर्षदेखि रु एक लाखबाट वृद्धि गरी रु पाँच लाख बनाइएको जानकारी गराउनुभयो । खप्तडबाबाको ज्ञानभण्डार प्रचारप्रसारका लागि संस्थाले काम गर्ने गरेको छ । अध्यक्ष दाहालको व्यक्तिगत लगानीबाट पुरस्कार कोष स्थापना गरिएको हो ।

सो अवसरमा नेपाल वेद विद्याश्रम वनकाली र संस्कृत माध्यमिक विद्यालय रानीपोखरीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने अञ्जन ढुङ्गेल र मन्दीप पौडेललाई रु पाँच÷पाँच हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।

यसैगरी नेपाल संस्कृत विश्वविद्यालयबाट स्नातक (शास्त्री) परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेलाई प्रदान गर्ने गरिएको पुरस्कार भने यस वर्ष चार वर्षे शास्त्री कार्यक्रम लागू भई पुरस्कृत विद्यार्थीको नाम प्राप्त नभएपछि सेवामूलक सांस्कृतिक संस्था इन्द्रेणीलाई रु २५ हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको छ । रासस