१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयहरूमा ९ अर्ब बेरुजु



अ+ अ-

काठमाडौं । देशभर रहेका विश्वविद्यालयहरूको खर्च प्रणालीमा प्रश्न उठेको छ । आठ वटा विश्वविद्यालयका नाममा नौ अर्ब रुपैयाँ बेरुजु देखिएको हो ।

सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयको नाममा ८ अर्ब ९५ करोड ६७ लाख ९५ हजार रुपैयाँ बेरुजु देखिएको छ । जसअन्तर्गत सबैभन्दा धेरै देशकै पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ८ अर्ब ४४ करोड १३ लाख ९९ हजार रुपैयाँ बेरुजु देखिएको छ । त्रिविले ३४ करोड ६७ लाख ९३ हजार रुपैयाँ बेरुजु असुल्न बाँकी रहेको छ ।

त्रिविअन्तर्गत पाँच अध्ययन संस्थान, चार अनुसन्धान केन्द्र, ६२ आंगिक क्याम्पस, ४० केन्द्रीय विभाग, चार शिक्षण स्कुल र १ हजार ६२ सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय हाताभित्र क्रिकेट खेल मैदान सञ्चालनका लागि भाँडामा दिएको ४८ लाख ५५ हजार रुपैयाँ असुल हुन नसकेको देखिएको छ ।

यस्तै, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ४० करोड ५९ लाख ६० हजार रुपैयाँ बेरुजु देखिएको छ । सो विश्वविद्यालयले १७ लाख ९३ हजार बेरुजु असुल्न सकेको छैन ।

नेपाल संस्कृत विश्वविद्यालयको ५ करोड ४८ लाख बेरुजु देखिएको छ । संस्कृत विश्वविद्यालयले १२ लाख १३ हजार रुपैयाँ असुल्न बाँकी रहेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको नाममा १ करोड २१ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ । विश्वविद्यालयले ८ लाख १३ हजार रुपैयाँ असुल्नुपर्ने देखिन्छ ।

लुम्बिनी विश्वविद्यालयको १५ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको छ । लुम्बिनी विश्वविद्यालयले १५ हजार रुपैयाँ अझै असुल्न सकेको छैन ।

यस्तै, पोखरा विश्वविद्यालयको ५२ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै, १६ लाख ९२ हजार रुपैयाँ पोखरा विश्वविद्यालयले असुल गर्नुपर्ने देखिएको छ । कृषि तथा वन विश्वविद्यालयको नाममा ३ करोड ९९ लाख १५ हजार रुपैयाँ बेरुजु देखिएको महालेखापरीक्षकको ५७औं प्रतिवेदनले औंल्याएको छ । सो विश्वविद्यालयले ९३ लाख ७५ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ ।

राजर्षि जनक विश्वविद्यालयको १६ हजार रुपैयाँ बेरुजु देखिएको छ । सोहीबराबरको रकम असुल गर्नुपर्ने देखिएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । बेरुजु रकम अत्यधिक हुँदा विश्वविद्यालय आर्थिक प्रणालीमा मितव्ययी बन्न नसकेको सरोकारवालाहरू बताउँछन् ।, समाचार राजधानी दैनिकबाट