६ श्रावण २०८३, बुधबार
,
Latest
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयहरूमा ९ अर्ब बेरुजु



अ+ अ-

काठमाडौं । देशभर रहेका विश्वविद्यालयहरूको खर्च प्रणालीमा प्रश्न उठेको छ । आठ वटा विश्वविद्यालयका नाममा नौ अर्ब रुपैयाँ बेरुजु देखिएको हो ।

सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयको नाममा ८ अर्ब ९५ करोड ६७ लाख ९५ हजार रुपैयाँ बेरुजु देखिएको छ । जसअन्तर्गत सबैभन्दा धेरै देशकै पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ८ अर्ब ४४ करोड १३ लाख ९९ हजार रुपैयाँ बेरुजु देखिएको छ । त्रिविले ३४ करोड ६७ लाख ९३ हजार रुपैयाँ बेरुजु असुल्न बाँकी रहेको छ ।

त्रिविअन्तर्गत पाँच अध्ययन संस्थान, चार अनुसन्धान केन्द्र, ६२ आंगिक क्याम्पस, ४० केन्द्रीय विभाग, चार शिक्षण स्कुल र १ हजार ६२ सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय हाताभित्र क्रिकेट खेल मैदान सञ्चालनका लागि भाँडामा दिएको ४८ लाख ५५ हजार रुपैयाँ असुल हुन नसकेको देखिएको छ ।

यस्तै, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ४० करोड ५९ लाख ६० हजार रुपैयाँ बेरुजु देखिएको छ । सो विश्वविद्यालयले १७ लाख ९३ हजार बेरुजु असुल्न सकेको छैन ।

नेपाल संस्कृत विश्वविद्यालयको ५ करोड ४८ लाख बेरुजु देखिएको छ । संस्कृत विश्वविद्यालयले १२ लाख १३ हजार रुपैयाँ असुल्न बाँकी रहेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको नाममा १ करोड २१ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ । विश्वविद्यालयले ८ लाख १३ हजार रुपैयाँ असुल्नुपर्ने देखिन्छ ।

लुम्बिनी विश्वविद्यालयको १५ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको छ । लुम्बिनी विश्वविद्यालयले १५ हजार रुपैयाँ अझै असुल्न सकेको छैन ।

यस्तै, पोखरा विश्वविद्यालयको ५२ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ । यस्तै, १६ लाख ९२ हजार रुपैयाँ पोखरा विश्वविद्यालयले असुल गर्नुपर्ने देखिएको छ । कृषि तथा वन विश्वविद्यालयको नाममा ३ करोड ९९ लाख १५ हजार रुपैयाँ बेरुजु देखिएको महालेखापरीक्षकको ५७औं प्रतिवेदनले औंल्याएको छ । सो विश्वविद्यालयले ९३ लाख ७५ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ ।

राजर्षि जनक विश्वविद्यालयको १६ हजार रुपैयाँ बेरुजु देखिएको छ । सोहीबराबरको रकम असुल गर्नुपर्ने देखिएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । बेरुजु रकम अत्यधिक हुँदा विश्वविद्यालय आर्थिक प्रणालीमा मितव्ययी बन्न नसकेको सरोकारवालाहरू बताउँछन् ।, समाचार राजधानी दैनिकबाट