१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड

भारतलाई नेपालले पठायो यस्तो जवाफ

भारतलाई नेपालले पठायो यस्तो जवाफ
अ अ+ अ-

काठमाडौं । भारतले गुन्जी, कालापानी र लिम्पियाधुरामा नेपाली नागरिकको प्रवेश रोक्ने आशयमा पठाएको पत्रको जवाफ दिँदै नेपाली अधिकारीले आफ्नो भूमिमा आउजाउ स्वाभाविक रहेको प्रतिक्रिया दिएका छन् ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले काली (महाकाली) पूर्वको क्षेत्र नेपालकै रहेको प्रस्ट पार्दै त्यहाँ नेपालीको आउजाउमा बाधा अड्चन नपार्न सीमावर्ती भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढको धार्चुला तहसिलका उपजिल्ला अधिकारीलाई मंगलबार जवाफी पत्र लेखेका हुन् ।

धार्चुलाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले १४ जुलाई ९असार ३०० मा दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै लेखेको पत्रमा गुन्जी, कालापानी र लिम्पियाधुरा आफ्नो भूभाग रहेको दाबी गर्दै त्यस क्षेत्रमा नेपालीको ‘अवैध घुसपैठ’ भइरहेकाले त्यसबारे सूचना दिन आग्रह गरेका थिए । गृह मन्त्रालयको निर्देशनपछि सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले उक्त पत्रको जवाफ पठाएका हुन् ।

‘नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच सन् १८१६ मा भएको सन्धिको धारा ५ र त्यस समयमा प्रकाशित नक्सा र ऐतिहासिक तथ्य र प्रमाणअनुसार काली ९महाकाली नदी० र सो पूर्वका लिम्पियाधुरा, कुटी, नावी, गुन्जी, कालापानी र लिपुलेकलगायतका क्षेत्र नेपालका भूभाग रहेको कुरा स्पष्ट नै छ,’ भारतीय अधिकारीलाई पठाइएको पत्रमा भनिएको छ, ‘ती नेपाली भूभागमा नेपालीको आवतजावत स्वाभाविकै रहेको र त्यसमा कहींकतैबाट बाधा अड्चन हुनुहुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी आदेशानुसार गराउन चाहन्छु ।’

सन् १९६२ को भारत–चीन युद्धदेखि नै भारतले कब्जा गरी सैनिक तैनाथ गरेको गुन्जीमाथिको क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक लगाएको छ । नेपालीलाई छाङरुको सीतापुलभन्दा माथि जान दिइएको छैन । त्यही क्षेत्रमा नेपाली पस्न खोजिरहेको भन्दै भारतीय प्रशासनले पत्राचार गरेको थियो । भारतले गत कात्तिकमा अतिक्रमित नेपाली भूभागलाई आफ्नो राजनीतिक नक्सामा राखेपछि उक्त क्षेत्रमा सैनिक गतिविधि बढाएको र स्थानीयलाई आउजाउमा कडाइ गरेको व्यासका बासिन्दा बताउँछन् ।

नेपाली भूमिमा सडक निर्माण गरेर गत वैशाख २६ मा उद्घाटन गरेपछि र नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि भारतीय सुरक्षाकर्मीले सीतापुलभन्दा तल्लो क्षेत्रमा समेत नेपालीलाई कडाइका साथ निगरानी गरिरहेको त्यहाँका बासिन्दाको भनाइ छ ।

भारतद्वारा अतिक्रमित क्षेत्रमा नेपाली गएका छैनन् । करिब दुई दर्जन भारतीय नागरिक भने साउन १० गते नेपालको कौवा क्षेत्रमा पूजापाठ गर्ने भन्दै प्रवेश गरेको स्थानीयले बताए । ‘देवीको पूजा गर्न भारतीय नागरिक कौवा क्षेत्र पुगेको जानकारी आएको छ,’ व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, ‘हरेक वर्ष जनैपूर्णिमामा व्यास ऋषिको पूजा गरिने र त्यसअगाडि सबै देवीदेवताको पूजापाठ गर्ने परम्परा सौका समुदायमा रहेकाले कौवामा आएको बुझिएको छ ।’

कौवामा भारतीय आएको थाहा पाएपछि गस्तीमा गए पनि कोही नभेटिएको सशस्त्र प्रहरी ५० नम्बर गुल्म दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टले बताए । छाङरुस्थित सशस्त्र प्रहरीको बीओपीबाट कौवा ६ किलोमिटर टाढा छ । सशस्त्र प्रहरी कौवा पुग्दा भारतीय फर्किसकेका थिए । सशस्त्र प्रहरीका अनुसार लिपुखोलामा काठेपुल बनाएर उनीहरू कौवा क्षेत्रमा प्रवेश गरेको जानकारी छ ।

छाङरु बीओपीबाट सशस्त्र प्रहरीको टोली गत महिना गस्तीका लागि कालापानी जान खोजे पनि भारतीय एसएसबीले डेढ किलोमिटर वरै ‘माथिको आदेश’ भनेर रोकेको थियो । अहिले पनि कौवामाथि नेपाली भूभाग भारतकै निगरानीमा छ । छाङरुमा रहेको सशस्त्र प्रहरीले कौवा क्षेत्रमा गस्तीमा निस्कँदा सीतापुलमा भारतीय पक्षलाई जानकारी गराउने गरेको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।