९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

गगनले प्रधानमन्त्री ओलीतिर सोध्याएको तीरको अन्तर्य के ?

गगनले प्रधानमन्त्री ओलीतिर सोध्याएको तीरको अन्तर्य के ?
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पछिल्ला दिनमा सरकारप्रति निकै आक्रामक देखिनुभएको छ । दिनदिनै जसो आफू सहभागी हुने सार्वजनिक कार्यक्रममा महामन्त्री थापाले सरकारको काम सुस्त भएको आरोप लगाइरहनुभएको छ । कतिसम्म भने उहाँले प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको सिधा सम्पर्क हुने गरेको गम्भीर आरोप पनि लगाउनुभएको छ ।

कांग्रेस महामन्त्री थापा स्वयम् भने सरकारका कामलाई सहज बनाउन र सरकारलाई सहयोग गर्ने गठित कांग्रेस र एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्य हुनुहुन्छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको राजनीतिक संयन्त्रका सदस्य थापाको जिम्मेवारी सरकारलाई सहयोग गर्नु हो । सरकार गलत दिशामा अघि बढे त्यसलाई रोक्ने काम पनि उहाँको हो । त्यति मात्र होइन, सरकारलाई अगाडि बढ्ने बाटो देखाउने जिम्मेवारी उहाँको छ ।

तर महामन्त्री थापाले आफ्नो जिम्मेवारी भुल्दै एकोहोरो रुपमा सरकारको आलोचनामा समय खर्च गरिरहनुभएको छ । त्यो पनि प्रमुख प्रतिपक्षी दलका नेताको जस्तै बोली बोलेर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै शैलीमा कांग्रेस महामन्त्री थापाले सरकारविरुद्ध एकाहोरो आक्रोस व्यक्त गरिरहनुभएको हो ।

महामन्त्री थापाले सरकारविरुद्ध आक्रोस पोख्नु देशलाई सकारात्मक दिशामा अघि बढाउन, जनतालाई सुशासन र न्यायको प्रत्याभूति दिलाउन भन्दा पनि आफ्नै दुनो सोझ्याउन मै केन्द्रित देखिन्छ । किनकी उहाँ जसरी पनि कांग्रेसको सभापति बन्न रणनीतिमा हुनुहुन्छ । कांग्रेसको १५ औं महाधिवेशनमा सभापतिको प्रत्यासीका रुपमा उहाँले आफूलाई प्रस्तुत गरिसक्नुभएको छ । आफूलाई क्रान्तिकारी सावित गर्न उहाँले सरकारको आलोचनामा समय खर्च गर्दै आउनुभएको छ ।

त्यसो त गगन थापा अहिलेको सरकारमा सहभागी नभए पनि प्रधानमन्त्री ओलीको मुख्य राजनीतिक सल्लाहकार जस्तै हुनुहुन्छ । दुई महिनाअघिसम्म पनि थापाले दिनदिनै प्रधानमन्त्रीसँग भेटघाट र छलफल गरेर सुझाव दिइरहनुभएको थियो । उहाँले दिएकै सुझावका आधारमा प्रधानमनत्तीले काम गर्नुभएको थियो । त्यसको पुष्टि उहाँ आफैंले गरिसक्नुभएको छ । सरकारले ल्याएका पाँच वटा अध्यादेश आफूहरुको सुझाव अनुसार नै ल्याएको उहाँको बताइसक्नुभएको छ । तर सरकारको आलोचना गरेपछि मात्रै आफू लोकप्रिय बन्छु भन्ने भान उहाँलाई परेको देखिन्छ ।

महामन्त्री थापा र नेता शेखर कोइराला एकै समूहका नेता हुन् । कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला र थापा एउटै समूहबाट सभापति र महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए । तर कोइराला पराजित भए पनि थापा निर्वाचित भए । त्यसपछि दुई नेताबीचको सम्बन्ध केही टाढा बनेको थियो । दुवै जना भावी सभापतिको रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । कोइराला त झन् जिल्ला जिल्लामा पुगेर भेटघाट गरिरहेका छन् । थापा धेरै जिल्ला पुग्न पाएका छैनन् । अहिले सरकारले खासै राम्रो काम गर्न नसकेको र सरकारको वकालत गरेर बस्दा आफ्नो भविष्य कमजोर हुने जोखिम देखेर उनलाई आलोचना गर्न थालेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग छिमेकी देश भारतको सम्बन्ध अझै सुमधुर छैन । ओली नेतृत्वको सरकारलाई भारतले बेवास्ता गरिरहेको छ । कतिसम्म भने ओली प्रधानमन्त्री बनेको ९ महिना पूरा भइसक्दा पनि भारतले भ्रमणको निम्ता दिएको छैन । सरकारलाई अप्ठ्यारो पार्ने मनसाय भारतको रहेको चर्चा हुने गरेको छ । त्यही कारण कांग्रेस महामन्त्री थापाले भारतीय पक्षको विश्वास जित्न ओली नेतृत्वको सरकारको आलोचना गर्नुभएको हो ।

सरकारको जति आलोचना गर्‍यो, त्यति नै आफ्नो पक्षमा समर्थन बढ्ने बुझाइ महामन्त्री थापाको छ । यो बुझाइका कारण उहाँले आफ्नो दल सहभागी सरकारकै आलोचना गरिरहनुभएको छ । जबकी यो सरकार गठन गर्दा उहाँले भागबन्डासमेत पाउनुभएको थियो । आफ्नै तर्फबाट उहाँले यो सरकारका दुई जनालाई मन्त्री बनाउनुभएको छ । राजनीतिक नियुक्तिहरुमा पनि उहाँले भाग पाउँदै आउनुभएको छ । तर आफ्नो व्यक्तिगत स्वार्थका कारण उहाँले सरकारविरुद्ध प्रचार गर्दै आउनुभएको हो ।