२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनले प्रधानमन्त्री ओलीतिर सोध्याएको तीरको अन्तर्य के ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पछिल्ला दिनमा सरकारप्रति निकै आक्रामक देखिनुभएको छ । दिनदिनै जसो आफू सहभागी हुने सार्वजनिक कार्यक्रममा महामन्त्री थापाले सरकारको काम सुस्त भएको आरोप लगाइरहनुभएको छ । कतिसम्म भने उहाँले प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको सिधा सम्पर्क हुने गरेको गम्भीर आरोप पनि लगाउनुभएको छ ।

कांग्रेस महामन्त्री थापा स्वयम् भने सरकारका कामलाई सहज बनाउन र सरकारलाई सहयोग गर्ने गठित कांग्रेस र एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्य हुनुहुन्छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको राजनीतिक संयन्त्रका सदस्य थापाको जिम्मेवारी सरकारलाई सहयोग गर्नु हो । सरकार गलत दिशामा अघि बढे त्यसलाई रोक्ने काम पनि उहाँको हो । त्यति मात्र होइन, सरकारलाई अगाडि बढ्ने बाटो देखाउने जिम्मेवारी उहाँको छ ।

तर महामन्त्री थापाले आफ्नो जिम्मेवारी भुल्दै एकोहोरो रुपमा सरकारको आलोचनामा समय खर्च गरिरहनुभएको छ । त्यो पनि प्रमुख प्रतिपक्षी दलका नेताको जस्तै बोली बोलेर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै शैलीमा कांग्रेस महामन्त्री थापाले सरकारविरुद्ध एकाहोरो आक्रोस व्यक्त गरिरहनुभएको हो ।

महामन्त्री थापाले सरकारविरुद्ध आक्रोस पोख्नु देशलाई सकारात्मक दिशामा अघि बढाउन, जनतालाई सुशासन र न्यायको प्रत्याभूति दिलाउन भन्दा पनि आफ्नै दुनो सोझ्याउन मै केन्द्रित देखिन्छ । किनकी उहाँ जसरी पनि कांग्रेसको सभापति बन्न रणनीतिमा हुनुहुन्छ । कांग्रेसको १५ औं महाधिवेशनमा सभापतिको प्रत्यासीका रुपमा उहाँले आफूलाई प्रस्तुत गरिसक्नुभएको छ । आफूलाई क्रान्तिकारी सावित गर्न उहाँले सरकारको आलोचनामा समय खर्च गर्दै आउनुभएको छ ।

त्यसो त गगन थापा अहिलेको सरकारमा सहभागी नभए पनि प्रधानमन्त्री ओलीको मुख्य राजनीतिक सल्लाहकार जस्तै हुनुहुन्छ । दुई महिनाअघिसम्म पनि थापाले दिनदिनै प्रधानमन्त्रीसँग भेटघाट र छलफल गरेर सुझाव दिइरहनुभएको थियो । उहाँले दिएकै सुझावका आधारमा प्रधानमनत्तीले काम गर्नुभएको थियो । त्यसको पुष्टि उहाँ आफैंले गरिसक्नुभएको छ । सरकारले ल्याएका पाँच वटा अध्यादेश आफूहरुको सुझाव अनुसार नै ल्याएको उहाँको बताइसक्नुभएको छ । तर सरकारको आलोचना गरेपछि मात्रै आफू लोकप्रिय बन्छु भन्ने भान उहाँलाई परेको देखिन्छ ।

महामन्त्री थापा र नेता शेखर कोइराला एकै समूहका नेता हुन् । कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला र थापा एउटै समूहबाट सभापति र महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए । तर कोइराला पराजित भए पनि थापा निर्वाचित भए । त्यसपछि दुई नेताबीचको सम्बन्ध केही टाढा बनेको थियो । दुवै जना भावी सभापतिको रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । कोइराला त झन् जिल्ला जिल्लामा पुगेर भेटघाट गरिरहेका छन् । थापा धेरै जिल्ला पुग्न पाएका छैनन् । अहिले सरकारले खासै राम्रो काम गर्न नसकेको र सरकारको वकालत गरेर बस्दा आफ्नो भविष्य कमजोर हुने जोखिम देखेर उनलाई आलोचना गर्न थालेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग छिमेकी देश भारतको सम्बन्ध अझै सुमधुर छैन । ओली नेतृत्वको सरकारलाई भारतले बेवास्ता गरिरहेको छ । कतिसम्म भने ओली प्रधानमन्त्री बनेको ९ महिना पूरा भइसक्दा पनि भारतले भ्रमणको निम्ता दिएको छैन । सरकारलाई अप्ठ्यारो पार्ने मनसाय भारतको रहेको चर्चा हुने गरेको छ । त्यही कारण कांग्रेस महामन्त्री थापाले भारतीय पक्षको विश्वास जित्न ओली नेतृत्वको सरकारको आलोचना गर्नुभएको हो ।

सरकारको जति आलोचना गर्‍यो, त्यति नै आफ्नो पक्षमा समर्थन बढ्ने बुझाइ महामन्त्री थापाको छ । यो बुझाइका कारण उहाँले आफ्नो दल सहभागी सरकारकै आलोचना गरिरहनुभएको छ । जबकी यो सरकार गठन गर्दा उहाँले भागबन्डासमेत पाउनुभएको थियो । आफ्नै तर्फबाट उहाँले यो सरकारका दुई जनालाई मन्त्री बनाउनुभएको छ । राजनीतिक नियुक्तिहरुमा पनि उहाँले भाग पाउँदै आउनुभएको छ । तर आफ्नो व्यक्तिगत स्वार्थका कारण उहाँले सरकारविरुद्ध प्रचार गर्दै आउनुभएको हो ।