३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अटो व्यवसायीको नयाँ सङ्गठन ‘नाइमा’ को घोषणा



अ+ अ-

काठमाडौँ। नेपालका अटोमोबाइल व्यवसायीको नयाँ सङ्गठन अटोमोबाइल आयातकर्ता तथा उत्पादक सङ्घ (नाइमा) को औपचारिक घोषणा गरिएको छ ।

गतिशीलतामार्फत विकास सशक्तीकरण’ को सन्देशका साथ आज ‘नाइमा’ औपचारिक रूपमा शुभारम्भ गरिएको हो । नाइमाको पहिलो अध्यक्ष तथा नेपालको अटोमोटिभ क्षेत्रमा यो पद सम्हाल्ने पहिलो महिला ऋतुसिंह वैद्य हुनुहुन्छ । घोषणासभामा उहाँले सङ्गठनको दृष्टिकोण, लक्ष्य र पाँच आधारभूत स्तम्भबारेमा अवगत गराउनुभएको थियो ।

अध्यक्ष वैद्यले नाइमाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नेपालको मोबिलिटी क्षेत्रको सामूहिक आवाजलाई प्रतिनिधित्व गर्न, रणनीतिक सहकार्य, विकास र पैरवी गर्न एकीकृत मञ्चका रूपमा काम गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष वैद्यले नाइमाका संस्थापक कार्यसमिति सदस्यहरू सुहृदराज घिमिरे, शेखर गोल्छा, क्याबिनेट श्रेष्ठ, सौरभ ज्योति, सन्दीपकुमार शारडा, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल, हेमन्त गोल्छा र उदयन काब्रालाई परिचय गराउनुभएको थियो ।

साथै कार्यक्रममा नाइमाले आगामी साउन २१ देखि २५ गतेसम्म आयोजना गर्ने नेपाल मोबिलिटी एक्स्पोको औपचारिक घोषणा गरिएको थियो । नाइमा अटो शो समितिका सदस्य गौरव शारडाले एक्स्पोको लोगो र कार्यक्रमबारेमा सार्वजनिक गर्नुभएको थियो ।

नेपाल मोबिलिटी एक्स्पोले अत्याधुनिक मोबिलिटी समाधान र नेपालमा विकसित हुँदै गइरहेको मोबिलिटी संस्कृति प्रदर्शन गर्ने एक कोशेढुङ्गा सावित हुने बताइएको छ । रासस