१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अटो व्यवसायीको नयाँ सङ्गठन ‘नाइमा’ को घोषणा



अ+ अ-

काठमाडौँ। नेपालका अटोमोबाइल व्यवसायीको नयाँ सङ्गठन अटोमोबाइल आयातकर्ता तथा उत्पादक सङ्घ (नाइमा) को औपचारिक घोषणा गरिएको छ ।

गतिशीलतामार्फत विकास सशक्तीकरण’ को सन्देशका साथ आज ‘नाइमा’ औपचारिक रूपमा शुभारम्भ गरिएको हो । नाइमाको पहिलो अध्यक्ष तथा नेपालको अटोमोटिभ क्षेत्रमा यो पद सम्हाल्ने पहिलो महिला ऋतुसिंह वैद्य हुनुहुन्छ । घोषणासभामा उहाँले सङ्गठनको दृष्टिकोण, लक्ष्य र पाँच आधारभूत स्तम्भबारेमा अवगत गराउनुभएको थियो ।

अध्यक्ष वैद्यले नाइमाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नेपालको मोबिलिटी क्षेत्रको सामूहिक आवाजलाई प्रतिनिधित्व गर्न, रणनीतिक सहकार्य, विकास र पैरवी गर्न एकीकृत मञ्चका रूपमा काम गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष वैद्यले नाइमाका संस्थापक कार्यसमिति सदस्यहरू सुहृदराज घिमिरे, शेखर गोल्छा, क्याबिनेट श्रेष्ठ, सौरभ ज्योति, सन्दीपकुमार शारडा, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल, हेमन्त गोल्छा र उदयन काब्रालाई परिचय गराउनुभएको थियो ।

साथै कार्यक्रममा नाइमाले आगामी साउन २१ देखि २५ गतेसम्म आयोजना गर्ने नेपाल मोबिलिटी एक्स्पोको औपचारिक घोषणा गरिएको थियो । नाइमा अटो शो समितिका सदस्य गौरव शारडाले एक्स्पोको लोगो र कार्यक्रमबारेमा सार्वजनिक गर्नुभएको थियो ।

नेपाल मोबिलिटी एक्स्पोले अत्याधुनिक मोबिलिटी समाधान र नेपालमा विकसित हुँदै गइरहेको मोबिलिटी संस्कृति प्रदर्शन गर्ने एक कोशेढुङ्गा सावित हुने बताइएको छ । रासस