२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयका कर्मचारीलाई प्रशासनिक क्षमता विकास तालिम



अ+ अ-

गण्डकी। पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालयमा कार्यरत कर्मचारीलाई सूचना प्रविधि तथा व्यवस्थापनसम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ एक साता लामो प्रशासनिक क्षमता विकास तालिम दिइएको छ ।

विश्वविद्यालय अनुदान आयोग नेपालको सहकार्यमा सञ्चालित तालिममा विश्वविद्यालयका विभिन्न निकायमा कार्यरत ३३ जना लेखा तथा प्रशासन शाखाका अधिकृतदेखि सहायकस्तरसम्मका कर्मचारीहरू सहभागी थिए ।

तालिममा विश्वविद्यालय प्रशासनसँग सम्बन्धित विभिन्न व्यावहारिक र प्रविधिमैत्री विषयमा प्रशिक्षण प्रदान गरिएको विश्वविद्यलायका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुुभयो ।

उक्त अवसरमा विश्वविद्यालयका कर्मचारीको प्रमुख कार्य र जिम्मेवारी बजेट र लेखा प्रणाली, सार्वजनिक खरिद प्रक्रिया, दस्तावेज तयार गर्ने तरिका, एआइ प्रविधिको प्रयोग, एमएस एक्सेल र पावर पोइन्टको प्रयोग, कार्यालय व्यवहारलगायत विषयमा तालिम दिइएको थियो ।

त्यस्तै कर्मचारी प्रोत्साहन, अन्तरव्यक्तिगत सम्बन्ध व्यवस्थापन, मानसिक स्वास्थ्य, कार्यालय प्रशासन, माइन्युट लेखन, पत्राचार, विन्डोज युटिलिटी र तालिका तथा डेटासेट निर्माणलगायत विषयमा दक्ष प्रशिक्षकहरूबाट सत्रहरू सञ्चालन गरिएका थिए ।

तालिमको समापन समारोहमा स्वास्थ्य विज्ञान सङ्कायका डीन तथा निमित्त उपकुलपति सह प्रा डा अमर नागिलाले तालिम समसामयिक र अत्यन्तै उपयोगी विषयमा केन्द्रित भएको बताउँदै सप्ताहव्यापी रुपमा सहभागीले सिक्न, बुझ्न र अनुभव साटासाट गर्न महत्वपूर्ण अवसर पाएको बताउनुुभयो ।

विश्वविद्यालय जस्तो ज्ञान केन्द्रमा कार्यरत कर्मचारीलाई सूचना प्रविधि र व्यवस्थापनसम्बन्धी दक्षता आवश्यक भएको र एआइको युगमा म्यानुअल कामले पछि पार्ने भएकाले सिकेको ज्ञान व्यवहारमा उतार्न उहाँले आग्रह गर्नुभयो ।

व्यवस्थापन सङ्कायका डीन तथा निमित्त रजिष्ट्रार सह–प्रा डा दयाराज ढकालले तालिमको समग्र व्यवस्थापन र सहभागीहरूको सिक्ने उत्साहलाई महत्वपूर्ण रहेको बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यस्थलमा प्रयोग गरी अझ दक्ष र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रशासनिक क्षमता विकास तालिम समितिका संयोजक सह–प्रा डा पूर्णबहादुर खाँडले तालिम सफल बनाउन समूहगत कार्यमा आधारित भएर भरमग्दुर प्रयास गरिएको बताउनुुभयो ।

तालिम व्यवस्थापन समितिका सदस्य उपप्राध्यापक डा बद्री अर्याल, सहप्रशासक तारादेवी सापकोटा, प्रशिक्षार्थी तोरणबहादुर विक, तालिम व्यवस्थापन समिति सह प्रा डा पूर्णबहादुर खाँडलगायतले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गर्नुुभयो । रासस