२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन पालिकामा व्यावसायिक प्याज प्रबर्द्धन कार्यक्रम



अ+ अ-

चितवन। जिल्लाका तीन पालिकामा व्यावसायिक प्याज प्रबर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तरगत व्यावसायिक प्याज प्रबर्द्धन कार्यक्रम सञ्चालन गरेको हो ।

जिल्लाका २२ वटा समूह, सहकारी र फर्ममार्फत कार्यक्रम कार्यान्वयनमा ल्याइएको कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवनको १२ हेक्टर क्षेत्रफलमा कार्यक्रम लागू गरिएको छ ।” नेपालमा हुने प्याज आयात रोक्नका लागि कार्यक्रम गरिएको बताउँदै उहाँले भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

यस्तै मकवानपुरको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम लागू गरिएको ठाउँमा रेडक्रियोल र नासिक ५३ जातको प्याजलाई व्यावसायिक खेतीमा प्रयोग गरिएको उहाँले बताउनुभयो । पुसको अन्तिम सातादेखि लगाइएको प्याज वैशाख १५ गतेदेखि उत्पादन लिन थालिने भन्दै उहाँले पहिलो पटक गरिएको कार्यक्रमको प्रभावकारिता हेरेर आगामी कार्यक्रम ल्याइने बताउनुभयो । प्याजखेती गर्दा विषादीको प्रयोग कम हुने भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न खोजिएको हो ।

वैशाख जेठमा उत्पादन हुने भएकाले भण्डारणमा समस्या हुने भए पनि यसलाई व्यवस्थित गर्न सके आयात रोक्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।रासस