३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनयता २९ जना कैदीले लिए सुविधा



अ+ अ-

चितवन। जिल्ला कारागार कार्यालय चितवनमा एक वर्षभन्दा कम कैद सजाय पाएर कैद भुक्तान गरिरहेका २९ जनाले मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा ११५ को सुविधा लिएका छन् ।

उनीहरूले सो सुविधाका लागि अदालतले तोकेको कैद सजायअनुसार दैनिक रू तीन सयका दरले रकम जम्मा गरेर कैद भूक्तानी सुविधा लिएका हुन् । सो कार्यविधिमा एक वर्ष वा सोभन्दा कम कैद तोकिएका कैदीले कैद बापतको रकम एकमुष्ट जम्मा गरेर सुबिधा लिन पाउने व्यवस्था छ ।

कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार चालु आर्थिक वर्षको असोजमा एक जना, मङ्सिरमा एक जना, माघमा १० जना, फागुनमा १० जना र चैतमा सात जनाले यो सुविधिाको प्रयोग गरेका छन् । उहाँका अनुसार कोभिड–१९ को समयमा यो सुविधा लिएको भए पनि पछिल्ला दिनमा खासै यो सुविधा लिएका थिएनन् ।

यसवर्ष यो सुविधा लिनेको सङ्ख्या बढेको हो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षमा यो सुविधा लिनेको सङ्ख्या न्यून थियो ।” यो सुविधाका लागि कसुरदारको उमेर, कसुर गरेको तरिका, आचरण समेतलाई बिचार गरी कारागारमा राख्नु उपयुक्त नदेखिएमा वा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानुन र व्यवस्थामा खतरा नदेखिएमा यो सुविधा दिइने गरेको छ । यो सुविधाका लागि कसुरदारले कुनै पनि प्रकारको कसुर नगरी राम्रो आचारण पालना गर्ने छु भनि कागज गर्नुपर्नेछ ।

यसरी सुबिधा लिएर छुटेका व्यक्ति तीन वर्षभित्र कैदको सजाय हुने कसुर गरेमा निजलाई पहिले भएको फैसला बमोजिमको कैदसमेत थपी सजाय कार्यान्वयन गरिने उहाँले बताउनुभयो । कारागारमा अहिले सात सय १० जना कैदीबन्दी रहेका छन् । जसमा ६ सय ६७ जना पुरूष र ४३ जना महिला छन् । यस कारागारको क्षमता दुई सय ५५ जना पुरूष र २५ जना महिलाको हो ।रासस