४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यालम क्षेत्रमा लगातार वर्षा: सतर्क रहन अनुरोध !



अ+ अ-

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र विपद् व्यवस्थापन समिति कमाण्ड पोष्टले विपद्को समयमा हुनसक्ने जोखिम न्यूनीकरण गर्न र सम्भावित जोखिमबाट बचाउन पूर्व सूचना प्रणाली स्थापना गर्ने पहल शुरु गरेको छ । 

मित्रराष्ट्र चीनको न्यालम हिमताल रहेको क्षेत्रमा लगातार वर्षा भइरहेकाले न्यालम क्षेत्रका विभिन्न ताल फुट्नसक्ने जानकारी प्राप्त हुनासाथ  बुधबार जिल्ला विपद् व्यवस्थापन समिति कमाण्ड पोष्टको बैठक बसेको हो । चीनसँग कूटनीतिक पहल गरी आवश्यक व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने कुरा भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

चीनको न्यालमस्थित उच्च हिमाली ठाउँका विभिन्न तालमा पानीको सतह केही घट्दै गएको भनी चिनियाँ अधिकारीबाट अनौपचारिक सूचना प्राप्त भए पनि निरन्तर वर्षा भइरहेकोले ताल फुट्न सक्ने खतरा अझै टरिनसकेको भन्दै भोटेकोशी नदी तटीय क्षेत्रका वासिन्दालाई सावधानी अपनाउन प्रजिअ ढकालले आग्रह गरेका छन् । केहिदिन अघिको वर्षाका कारण क्षति हुन पुगेको चौतारा अस्पतालको लागि माग भएको १० थान त्रिपाल रेडक्रस सोसाइटीमार्फत उपलव्ध गराउने निर्णय गरिएको ढकालले जानकारी दिए ।