९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

उप–राष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

उप–राष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेटवार्ता गरेको छ ।

बुधवार एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वसहितको केन्द्रीय कार्यसमितिको टोलीले हरितगृह निवासमा उपराष्ट्रपति यादवसँग भेट गर्दै नेपालको समग्र पत्रकारितामा फोटो पत्रकारहरूको योगदान र समाचारका लागि फ्रन्टलाईनमा खटिँदा हुने सुरक्षा चुनौती लगायत विभिन्न विषयबारे छलफल गरेको हो ।

भेटमा उपराष्ट्रपति यादवले फोटो पत्रकारहरूको योगदानले सत्यतथ्य समाचार सम्प्रेसणको लागि अत्यन्त महत्वपूर्ण भुमीका खेल्दै आएको बताउनु हुँदै तपाईंहरूको क्यामराले खिचेका तस्बिरहरूले समाजमा सकारात्मक सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउने महत्वपूर्ण खेल्दै आएकोले सबैलाई धन्यवाद पनि दिनु भयो ।

सो क्रममा एनएफपिजे नेपालका अध्यक्ष वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नका लागि जीवन बीमा, न्यूनतम पारिश्रमकका विषय लगायतका अन्य सुविधाहरू उपलब्ध गराउन पहल गरिदिन उपराष्ट्रपति यादवलाई आग्रह गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “फ्रन्टलाइनमा खटेर देशभर फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकारहरू उच्च जोखिममा रहेर काम गर्नु परिरहेको बाध्यात्मक अवस्था छ । राज्यले सबै पत्रकार तथा फोटोपत्रकारहरुको सुरक्षाको सुनिश्चितता गर्दै जीवन बीमालगायतको सुविधा उपलब्ध गराउनु पर्छ भन्नु भयो ।

एनएफपिजे नेपालले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरमा बैशाख १३ गते गर्न लागेको ५औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ को सफलताको शुभकामना दिनु भएको थियो ।

भेटघाटको क्रममा एनएफपिजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ, उपाध्यक्ष चन्द्रकला क्षेत्री, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, कोषाध्यक्ष प्रदीप कुमार श्रेष्ठ लगायत अन्य केन्द्रीय सदस्यहरू शुसील कुमार श्रेष्ठ, मुकुन्द कालिकोटे,अनुप प्रधान,सागर वस्नेत,दिपेन्द्र मर्हजन र हरिस सिंह नगालको पनि उपस्थिति थियो ।