११ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सुन’ प्रकरणमा तीन जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले काठमाडौंबाट १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातुसम्बन्धी प्रकरणमा तीन जना देवान पटेल, विजय पटेल र निलेश सखिया पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनीहरु पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ परेका हुन् । 

उनीहरुले एउटा स्कार्पियो गाडीमा सामान ल्याएका थिए । पछि सो स्कार्पियो गाडी लुकाएर अर्कै कार भाडामा लिएर काठमाडौंबाट भागेको बताइएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

यही साउन १३ गते प्रहरीले कमलादीस्थित नबिल बैंक अगाडिबाट १५ किलो पहेँलो धातु बरामद गरेको जनाएको थियो । सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको र सो झोलामा १५ किलो पहेँलो धातु भेटिएको प्रहरीको भनाइ थियो । यद्यपि प्रहरीले कसैलाई पनि पक्राउ गर्न भने सकेको थिएन ।

तर सो घटना अनुसन्धानको क्रममा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलेको थियो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालमाथि घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्तलाई भगाएको आरोप लागेको छ ।